नेपालमा भित्रियो पानीको फोहोराबाट शरीरको बोसो हटाउने प्रविधि

हिमालय टाइम्स   POSTED ON : कार्तिक १०, २०७८ (४:२१ PM)

नेपालमा भित्रियो पानीको फोहोराबाट शरीरको बोसो हटाउने प्रविधि

काठमाडौं । पानीको फोहोराबाट मानिसको शरीरको बोसो हटाउने प्रविधी पहिलो पल्ट नेपालमा भित्रिएको छ । काठमाडौंको बालुवाटारस्थित ‘हेल्दी च्वाइस क्लिनिक’ले यो प्रविधि नेपालमा भित्र्याएको हो । पानीको फोहोरा प्रयोग गरि पेट, कम्मर, तिघ्रा, हात वा घाँटीबाट बोसो हटाउन सकिन्छ । यो प्रविधीलाई (लिपोसक्सन) भनिन्छ । ‘लिपोसक्सन एक सर्जिकल प्रक्रिया हो जसले शरीरको पेट, कम्मर, तिघ्रा, हात, घाँटी जस्ता अन्य विशिष्ट अंगहरूबाट बोसो हटाउन सक्शन प्रविधि प्रयोग गर्दछ । र यो नयाँ प्रविधिले बोसो हटाउन पानीको निरन्तर प्रवाहको प्रयोग गर्दछ ।’ हेल्दी च्वाइस क्लिनिकका डा. उदिप श्रेष्ठले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । 

सो प्रविधी विश्वभरका प्रसिद्ध उपकरणहरूको मेडिकल उपकरण आपूर्तिकर्ता ‘द मल्ल इंक’ ले ल्याएको हो । द मल्ल ग्रुप यस क्षेत्रमा बिगत २८ वर्षदेखि सक्रिय छ । डा. श्रेष्ठकाअनुसार यस बडी–जेट प्रविधि प्रयोग गरेर शरीरका अंगहरूबाट बोसो हटाउने प्रक्रिया मात्र दुई घण्टामा सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ ।  श्रेष्ठ भन्नुहुन्छ, ‘अल्ट्रासोनिक जस्ता अन्य प्रविधीले बोसो पगाल्नको लागि धेरै उच्च गतिमा कम्पन हुने सुईको प्रयोग गर्दछ । यसले तातोपन उत्पन्न गर्छ र छालालाई जलाउन सक्छ । तर यस बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउँदैन । वाटर–जेटको प्रवाह मिलाउन सक्ने हुनाले रक्तश्रापलाई पनि कम गर्दछ र घाँउ हुन तथा शरीरको अंगलाई सुन्निन कम गर्छ । त्यसैले, यसले उपचार पाईरहेको व्यक्तिको लागि उच्चतम सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्दछ ।’

यसले उपचार पाइरहेका व्यक्तिका लागि उच्च सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्ने द मल्ल इन्कका प्रबन्ध निर्देशक सजल मल्लले जानकारी दिनुभयो । ‘यो जर्मन प्रविधिबाट बनेको उपकरण हो र यसले पहिलेको प्रविधिभन्दा राम्रो परिणाम दिन्छ । अल्ट्रासोनिकजस्ता अन्य प्रविधिले बोसो पगाल्नका लागि धेरै उच्च गतिमा कम्पन हुने सुइको प्रयोग गर्दछ, प्रबन्ध निर्देशक मल्लले भन्नुभयो । 

क्लिनिकका स्वास्थ्यकर्मीहरूलाई भारतका डाक्टर सन्दीप जैनले प्रशिक्षण दिनुभएको हो । उहाँले शल्यक्रियामा स्नातकोत्तर डिग्री हासिल गर्नुभएको छ । विगत आठ वर्षभन्दा बढी समयदेखि उहाँले यस प्रविधिबाट सेवा प्रदान गरिरहनुभएको छ । उहाँले लण्डनबाट यस प्रविधीका लागि सर्टिफिकेट पनि प्राप्त गर्नुभएको छ । डाक्टर जैन सैफी, ब्रीच क्यान्डी, भाटिया र वोकहार्टसहित भारतका धेरै अस्पतालहरूमा संलग्न हुनुहुन्छ । 


Top