25th September | 2020 | Friday | 10:15:48 PM

राकम कर्णाली आयोजनाले पायो तिव्रता

नविनकुमार शर्मा   POSTED ON : श्रावण २३, २०७७ (६:३० PM)

राकम कर्णाली आयोजनाले पायो तिव्रता

दैलेख । नेपाल सरकारले नयाँशहर निर्माण गर्ने लक्ष्यअनुसार मध्यपहाडी लोकमार्गमा पर्ने दश वटा स्थानलाई नयाँशहरको रुपमा विकास गर्न शुरु गरिएको शहर मध्ये दैलेखको आठविस नगरपालिकामा पर्ने राकम कर्णालीमा विगत लामो समयदेखि जग्गाविवादको कारण रोकिएको थियो ।

  ०६५।०६६ देखि नै नयाँशहर आयोजना शुरु भएपनि पछिल्लो समय मुआब्जा विवादका कारण पूर्वाधार निर्माणले गतिलिन नसक्दा काम सुस्त गतिमा चलेको थियो । झण्डै दशवर्ष पछि कामको तिव्रता पाउन थालेको राकम कर्णालीमाका साच्चिकै नयाँ नेपाल सरकारले शुरु गरेको आयोजना अव विस्तार हुन थालेको देखिन्छ । 

संघीयता पछि अहिले नयाँशहरको कामले पुन स्थानीय उत्साहित र खुशी रहेको रमेशजंग थापा बताउँनु हुन्छ । कर्णाली राजमार्गमाअवस्थित र मध्यपहाडि लोकमार्गको नजिक रहेको राकम कर्णालीमा पर्यटकिय क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ र नजिकै रहेको कर्णाली नदिमा र्याप्टिङ समेत संचालनगर्न सकिने संचारकर्मी भक्तवहादुर शाहीले बताउनु भयो । एक पटक राकमकर्णालीबाट नेपालगंजको चिसापानी सम्मविभिन्न देशकापर्यटकहरु आएर र्याप्टिङ समेत गरेको उहाँले बताउनु भयो ।

अहिले कणाली राजमार्ग क्षेत्रमा प्रतिक्षालय निर्माण, कुमालखाडा–सिगौडीदेखि निमायलसम्मको सडक निर्माण, राकम बजारमा ३०० मिटर पक्की सडक निर्माण, मसानघाटमा प्रतिक्षालय निर्माण, नगरक्षेत्रमा सौर्य बत्ती जडान लगाएतका पूर्वाधार विकासका काम सम्पन्न भई हस्तान्तरण भैसकेका छन् भने पाट्केथान–सान्नेगडा खानेपानी आयोजना, भेल्तडी खानेपानी आयोजना, दीपेन्द्र प्राविदेखि भेल्तडी पुलसम्म सडक निर्माण लगायत काम सञ्चालन भैरहेका छन्।आर्थिक वर्ष २०७७(०७८ माएकिकृत सरकारी भवनको अवधारणा अनुसार नयाँशहर आयोजनाको भवन निर्माण गर्ने, सामुदायिक भवन निर्माण, बाँसखोलामा सार्वजनिक मञ्च निर्माण, नैनेलमाण्डौमा कभर्ड हल निर्माण, बगर खेतमा जग्गा एकीकरण, तरकारी संकलन केन्द्र निर्माण लगायतका पूर्वाधार निर्माण गरिने नयाँशहर आयोजना कार्यालय राकमकर्णालीका सूचनाअधिकारी दीपक दशौंदीले जानकारी दिनुभयो ।

 केहि वर्ष देखि रोकिएको कामलाई अहिले अगाडि वढाएको र गत आ.व.मा पूर्वाधार निर्माणका लागी आएको कुल बजेट ५८ प्रतिशत बजेट खर्च भएको भैसकेकोले नयाँशहर आयोजनाको काम सम्पन्न गरी २०९० सालसम्म एक लाख जनसंख्यालाई सो शहरमा बसोबास गराउने लक्ष्य सरकारले लिएको छ ।

 पटक पटककाम शुरुगर्ने भनेर रोकिदै आएको यस आयोजनाको काम शुरु गर्ने र जग्गा अधिग्रहण प्रक्रियाको क्रममा मुआब्जा वितरणमा विवादहरुलाई समाधानगर्न आठविस नगरपालिकाले सरोकारवाला निकायहरुलाई छलफल गराई हाल उक्त काम संचालन गर्न सहज भएको नगर उपप्रमुख दिपा वोहराले बताउनु भयो । 

लामो समयदेखि स्थानीयवासीले मुआव्जाको माग राखी अवरोध श्रृजना गरेकाकारण नयाँशहर आयोजना अन्तर्गत पूर्वाधार निर्माणमा समस्या देखिएको थियो। सहरी विकास मन्त्रालयले नगर विकास ऐन, २०४५ को दफा ३.२ बमोजिमचार किल्लाभित्रको जग्गा स्वीकृत गरेपछि आयोजनाको विवाद सुल्झिएको हो। शहरी विकास मन्त्रालयको २०७६ भदौ ८, को निर्णय अनुसार आयोजनाका लागि चार किल्ला तोकिएको निर्धारण गरिसकेको छ। आयोजनाका अनुसार मुआब्जा विवाद टुंगो लागेसँगै कामलाई तीव्रता दिन चार किल्ला भित्रका जग्गाधनीले ७० प्रतिशत जग्गा विकसित घडेरीको रूपमा फिर्ता पाउनेछन् भने २२ प्रतिशत क्षेत्रफलमा शहरका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिनेछ । त्यस्तै ढल निकासमा ३ प्रतिशत र खुला क्षेत्रका रूपमा ५ प्रतिशत जग्गा प्रयोग गरिने निमित्त आयोजना प्रमुख सुशील रसाइलीले बताउनु भयो । उहाँका अनुसार, ९९ कित्ताको १३७ रोपनीजग्गा अधिग्रहण प्रक्रियामा विवाद भएको थियो ।

राकम कर्णाली नयाँशहरको रुपम ाविकास हुँदै गएको र रारा जानको लागी उक्त बाटो भएर जाने पर्यटकहरु समेत बास बस्न थालेपछि नयाँनयाँ सुविधाका होटलहरु समेत निर्माण भईरहेको छन् । 

भौगोलिक रुपमा संचारको सुविधा पर्याप्त हुन नसकेको राकम कर्णालीमा केहि समय पछि संचार विस्तार गराउन सम्बन्धित निकायमा समन्वय भईरहेको नगर प्रमुख खड्क प्रसाद उपाध्यायले बताउनु भयो ।


Views: 94