18th January | 2021 | Monday | 1:29:40 AM

भारतबाट फर्कनेको संख्या घटेसँगै क्वारिन्टिन र आइसोलेसन खाली हुँदै

नविनकुमार शर्मा   POSTED ON : भदौ २६, २०७७ (१२:४४ PM)

भारतबाट फर्कनेको संख्या घटेसँगै क्वारिन्टिन र आइसोलेसन खाली हुँदै

दैलेख । रोजगारीको शिलसिलामा भारतमा गएका नागरिकहरु भारतबाट फर्कनेको संख्या ह्वात्तै बढेपछि वैशाख, जेठ र असार महिनाभरि सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या भएको थियो । शुरुवाती समयमा जम्मा ८६२ वटा मात्र क्वारिन्टिन वेड तयार गरिएको दैलेख जिल्लामा पछि जिल्लाका ११ वटा स्थानिय तहहरुले छोटो समयमा  झण्डै १२ हजार जना क्वारेन्टाइनमा राख्न सफल भएका थिए । योजना भन्दा सयौ गुणा वढि संख्यामा नागरिक आउँदा दैलेखमा महामारीले ठूलो रुप लिन्छ कि भन्ने सवैमा डर फैलिएको थियो ।

 अधिकांश भारतबाट आएका दैलेखीहरुलाई छोटो समयमा गरिएको क्वारिन्टिनको ब्यवस्थापनमा केही कमीकमजोरी भएर समय समयमा विरोधको आवाज आएका थिए । जिल्लामा रहेका सवै विद्यालय, खाली भएको जिल्लाका सरकारी कार्यालय, वृद्धाश्रम जस्ता स्थानहरु समेत कमी भएको थियो ।  जेठ ५ मा पहिलो संक्रमित फेला परेपछि दैलेख कर्णालीको कोरोना संक्रमणको ‘हटस्पट’ बनेको थियो । संक्रमणका कारण ३ जनाले ज्यान समेत गुमाए । दुई महिना अघिसम्म भरिभराउ भएका क्वारेन्टाइन र आइसोलेसन अहिले खालीहुन थालेका छन् । भारतबाट नेपाल आउनेको संख्या बढेपछि एउटै कोठामा २० जनासम्मलाई राख्न बाध्य भएका नारायण नगरपालिका वडा नं. १ का वडाअध्यक्ष तिर्थ नारायण श्रेष्ठले वताउनु भयो । सदरमुकाम को नगरपालिकामा मात्र यति ठुलो संख्यामा भारत गएर जिविका चलाउनेको संख्या देखेपछि जनप्रतिनिधिहरु अचम्ममा रहेका थिए ।  उच्च सावधानी र सतर्कताले भयाभह स्थिति आउन नखिएको र अहिले क्वारेन्टाइन र आइसोलेसन रित्तिदै जान थालेपछि रोगमा रोगथाम गर्न सफल रहेको नारायण नगरपालिकाका प्रमुख रत्न वहादुर खड्का ले बताउनु भयो ।  स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म १ हजार ७६ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये १ हजार ५४ जना उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका फोकल पर्शन थिर प्रसाद रेग्मीले वताउनु भयो । हाल  २२ जनामात्र आइसोलेसनमा रहेका छन ।  नारायण नगरपालिकाको वडा नं. १ गोलवजार मा समुदायमा कोरोना फैलिएको र समुदायका धेरैजनामा समेत कोरोना पोजेटिभ देखिएपछि टोललाई शिल गरेर कोरोना नियन्त्रण गरिएको थियो । हाल जिल्लामा सवै टोलटोलमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले बताउनु भयो । 

कार्यालयले पहिलो चरणमा भारतबाट फर्किएका १३ हजार २ सय ४२ जनाको आरडीटी गरेको थियो । जिल्लामा ११ स्थानीय तहले ९ हजार २ सय १३ बेडको आइसोलेसन बनाएका छन् । कोरोना न्यूनीकरण समिति गठन गरी प्रतिकार्य योजनासाथ अघि बढेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । कन्ट्रयाक्ट ट्रेसिङलाई जिल्लाभरि तीव्रता दिइएको छ, वताउदै सुनारले जिल्लाभित्रै पीसीआर परीक्षण हुँदा पनि संक्रमण नियन्त्रणमा सहयोग पुग्यो । चार हजार एक सय छयासी जनाको पिसिआर जाच गरिसकिएको दैलेखमा ६ वटा स्थानीय तहका क्वान्टिन र आईसोेलेसन खाली भईसकेको छन । अन्य स्थानीय तहका विद्यालयमा वनाईएका क्वारिन्टिन सवै खाली भईसकेको छन । बाकि रहेका बाईस जनालाई काभीड अस्पतालमा राखिएको छ ।


Views: 66