21st January | 2021 | Thursday | 3:56:05 AM

बाँधेर राखेको गोरुमाथि हत्या प्रयास, २ जना पक्राउ

खगेन्द्र अधिकारी   POSTED ON : भदौ २६, २०७७ (२:२० PM)

बाँधेर राखेको गोरुमाथि हत्या प्रयास, २ जना पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकामा गोरुको हत्या गर्ने प्रयास गरेको आशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरवी गाउँपालिका वडा नं २ मा रहेको माँझगाउँमा बारीमा बाँधेर राखेको अवस्थामा बिहीबार गोरु माथि आक्रमण भएकोे प्रहरीले जनाएको हो ।

मकै भाँचेदेखि मल बनाउनको लागि बारीमा बाँधेर राखेको अवस्थामा स्थानीय कलम थापाका २ वटा गोरुको आगाडीको खुट्टा र मुख काटिएको छ ।

बिहीबार गोरु मालिकसँग सामान्य भनाभन भएको र रिसको झोकमा उनीहरुले गोरुको खुट्टा र मुख काटेको हुन सक्ने आशंकामा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनु भयो । के कति कारणले गोरु माथि हमला हुन पुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको साउदको भनाइ छ ।

गोरुलाई खुकरी तथा खुडाले हानेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका २ जनालाई इलाका प्रहरी कार्यालय दुल्लुको जिम्मा लगाइने बताएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


 


Views: 148