18th January | 2021 | Monday | 1:03:08 AM

कर्णालीमा थपिए ३० संक्रमित, डिस्चार्ज १५ जना

खगेन्द्र अधिकारी   POSTED ON : भदौ २६, २०७७ (४:०९ PM)

कर्णालीमा थपिए ३० संक्रमित, डिस्चार्ज १५ जना

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा २९ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा १ जना गरि ३० थपिएको कर्णाली प्रदेश अस्पताल स्वास्थ्य महाशाखाले जनाएको छ । यससँगै संक्रमित हुनेहरुको संख्या २ हजार ७५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १५ रहेको महाशाखाले जनाएको हो । यससँगै डिस्चार्ज हुनेको संख्या २ हजार ३७९ पुगेको छ । अब कर्णाली प्रदेशमा सक्रिय विरामीको संख्या ३७० रहेको छ । 

वीरेन्द्रनगरका दुईटा वडामा कोरोना संक्रमित शुन्य

वीरेन्द्रनगर नगरपालिकाका दुई वटा वडाहरुमा अहिलेसम्म कोरोना पुगेको छैन । नगरपालिकाको वडा नं. १५ र १६ मा कोरोना संक्रमित नरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । 

नगरपालिका जनस्वास्थ्य अधिकृत पर्शुराम खड्काका अनुसार वडा नं. १ मा महिला २ पुरुष १८ गरि २० जना, वडा नं. २ मा महिला २ पुरुष १५ गरि १७ जना, वडा नं. ३ मा महिला १४ पुरुष २५ गरि ३९ जना वडा नं. ४ मा महिला २७ पुरुष २८ गरि ५५ जना वडा नं. ५ मा महिला १ पुरुष ८ गरि ९ जना वडा नं. ६ मा महिला ७ पुरुष १७ गरि २४ जना वडा नं. ७ मा महिला ४ पुरुष १२ गरि १६ जना वडा नं. ८ मा महिला ११ पुरुष १२ गरि २३ जना वडा नं. ९ मा महिला ७ पुरुष १७ गरि २४ जना वडा नं. १० मा महिला ९ पुरुष १६ गरि २५ जना वडा नं. ११ मा महिला ८ पुरुष १२ गरि २० जना वडा नं. १२ मा महिला १५ पुरुष २६ गरि ४१ जना वडा नं. १३ मा महिला ३ पुरुष ११ गरि १४ जना र वडा नं. १४ मा पूरुष १ जना संक्रमित रहेका छन् । सबै वडाहरुमा गरेर महिला ११० र पुरुष २१९ जना गरि ३२९ जना संक्रमित रहेको नगरपालिकाले जनाएको छ । 


Views: 87