18th January | 2021 | Monday | 12:55:01 AM

कालिकोटमा कोरोना विशेष अस्पताल उद्घाटन

खगेन्द्र अधिकारी   POSTED ON : भदौ २८, २०७७ (११:४० AM)

कालिकोटमा कोरोना विशेष अस्पताल उद्घाटन

सुर्खेत ।  कालिकोटमा कोरोना विशेष अस्पतालको उद्घाटन भएको छ । विश्वमा महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरि विशेष अस्पतालको उद्घाटन गरिएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतवार अस्पतालको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । ‘जनस्वास्थ्यका मापदण्डको अवलम्बन गरौं कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गरौं’ भन्ने मुल नारालाई आत्मसात गर्दै कालिकोट जिल्लामा कोभिड १९ विशेष अस्पताल संचालनमा आएको छ ।

कर्णाली प्रदेश सरकारको १ करोड, ७० लाख बजेटमा कोभिड १९ विशेष अस्पतालको काम थालिएको थियो । अस्पतालको सम्पूर्ण तयारी पूरा भएपछि आज एक कार्यक्रमको आयोजना गरी अस्पतालको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीले नेपालभर सबैभन्दा कम संक्रमित हुने प्रदेश कर्णाली प्रदेश रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशमा बसोबास गर्ने सम्पुर्ण नागरिकहरुले कोरोना संक्रमतिबाट मृत्यु ब्यहोर्नु पर्ने छैन । उपचारका लागि जुम्ला, सुर्खेत जानु पर्ने बाध्याता हट्नेछ । यो अस्पताल कर्णाली प्रदेशकै एक नमूना कोभिड १९ विशेष अस्पताल हो ।’ मुख्यमन्त्री शाहीका अनुसार कर्णाली प्रदेशका १० वटा जिल्लामा ठूलो भवनमा कतैपनि कोभिड विशेष अस्पताल बनेको छैन ।

कर्णाली प्रदेश सरकारका माननीय सदस्य कुर्मराज शाही, खाँडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डे, पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलातिकान्छा) लगायत सरकारवाला निकायको सहभागिता रहेको थियो । उक्त कार्यक्रम कर्णाली प्रदेशसभा सदस्य माननीय कुर्मराज शाहीले अबका दिनमा कालिकोटबासीले कोरोनाकै कारण अकालमा ज्यान गुमाउनु नपर्ने बताउनु भयो । 

९ वटा स्थानीय तहमा बनाइएका साविकका क्वारेन्टाईन नै अहिले आइशोलेन बनाएका छन् । तर स्थनीय तहले आफ्नो पालिकामा देखिएका संक्रमितलाई कोभिड विशेष अस्पतालमा भर्ना गरे उपचारमा कमि नहुने बताएको छ ।

आगामी दिनमा पनि कोरोना अस्पताललाई अझै गुणस्तरीय र दिगो टिकाउका लागि प्रदेश सरकारबाट कुनै कमी नहुने पनि शाहीले बताउनुभयो । 

कालिकोटको कोभिड विशेष अस्प्तालमा हाल ५४ बेडको तयारी पूरा भएको छ । एकिकृत भवनमा संचालनमा ल्याइएको उक्त अस्पतालमा हाल आइसियु कक्ष २ र भेन्टीलेटर १ गरी जम्मा ५४ बेडको व्यवस्था गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सरोज बोगटी (विपिन) ले बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका कटकबहादुर महतका अनुसार कालिकोट जिल्लामा अहिले १ सय जना क्वारेन्टाइनमा छन् । कोरोना संक्रमति तिलागुफा नगरपालिकाका मात्र २० जना आइशोलेसनमा रहेको बताइएको छ । 


Views: 107