18th January | 2021 | Monday | 12:56:06 AM

अत्यावश्यक बाहेक बैंकमा नआइदिन राबाबैंक सुर्खेत प्रमुखको आग्रह

खगेन्द्र अधिकारी   POSTED ON : भदौ २८, २०७७ (१२:३२ PM)

अत्यावश्यक बाहेक बैंकमा नआइदिन राबाबैंक सुर्खेत प्रमुखको आग्रह

सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक सुर्खेतका प्रमुख लिलाराम ढुंगानाले अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन सेवाग्राहीलाई आग्रह गर्नुभएको छ  । एक सातादेखि बन्द रहेको राष्ट्रिय बाणिज्य बैंक सुर्खेतले आजदेखि आफ्नो सेवा सुरु गरेको छ । एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सील गरिएको बैंकले अत्यावश्यक बाहेकका कामका लागि बैंक नआउन सेवाग्राहीलाई बैंकका शाखा प्रमुख ढुंगानाले आग्रह गर्नुभएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीले बैंकका कर्मचारी पनि अछुत नरहेको भन्दै बैंकका प्रमुख ढुंगानाले सेवाग्राहीलाई अत्यावश्यक काम बाहेक अन्य काममा बैंकमा आएर भीड नगरिदिन अपिल गुर्नभएको हो ।

‘बैंकका चार जना कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ तर पनि सेवाग्राहीलाई सेवा प्रवाह गर्न आइतबारदेखि बैंक खुला गर्दैछौं’ प्रमुख ढुंगानाले भन्नुभयो, ‘सानो काममा पनि बैंक आउँदा भीड बढ्ने र कोरोनाको जोखिम झन बढ्ने खतरा रहेकाले अत्यावश्यकका कामका लागि मात्रै बैंक नआउन सेवाग्राहीलाई अनुरोध छ ।’


Views: 82