21st January | 2021 | Thursday | 4:48:20 AM

जयन्ती थापाबाट ५ बालबालिकाको अभिभावकत्व ग्रहण

खगेन्द्र अधिकारी   POSTED ON : भदौ २९, २०७७ (११:२८ AM)

जयन्ती थापाबाट ५ बालबालिकाको अभिभावकत्व ग्रहण

सुर्खेत । हाल अमेरिकामा बस्दै आउनु भएकी जयन्ती थापाले स्थापना गरेको अक्षयकोषबाट अमर ज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा २ जना र जनजागृती प्राथमिक विद्यालय पदमपुरमा ३ जना बालबालिकाहरु अध्ययन गरिरहेका छन् । आफूले स्थापना गरेको अक्षयकोषबाट अध्ययन गरिरहेका बालबालिकाहरुलाई बाल दिवसको अवसर पारेर जयन्तीले खाद्यन्न तथा शैक्षिक सागग्रीहरु प्रदान गर्नुभएको छ । ‘विपदमा बालअधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

उहाँले पाँचै जना बालबालिकाहरुका लागि भन्दै कापी, कलम तथा दाल, चामल, तेललगायतका १० हजार बराबरका सामग्रीहरु प्रदान गर्नुभएको हो । बुबा धर्मजंग थापा र आमा पार्वती थापा मार्फत उक्त सामग्रीहरु सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ ।

अमेरिकामा बसेपनि नेपालका विभिन्न जिल्लाहरुमा हुने विपतहरुमा समेत सहयोग गर्दै आउनु भएकी जयन्तीले बालदिवसमा आफ्नो कर्तव्य पूरा गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालदिवस केवल नारामा मात्र सिमित राखेर बालबालिकालाई लक्ष्यमा पु¥याउन सकिँदैन त्यसका लागि असल कर्म गर्नुपर्छ । जसले गर्दा बालबालिकाहरुको भविष्य सुनौलो बन्न सकोस् ।’

यसरी बालबालिकालाई सहयोग गरेकोमा समाजसेवी थापालाई जनजाागृत प्राथामिक विद्यालय पदमपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माले धन्यवाद दिनुभयो । धनका धनी सबै हुन सक्छन् तर मनका धनी जयन्तीका कारण बालबालिकाले खाना लगाउन मात्र होइन शिक्षाको ज्योतिमा रमाउन समेत पाएको बताउँदै विद्यालयका प्रधानाध्यापक ज्ञानु गैरेले सामाजिक कार्यका लागि मन ठूलो हुनुपर्ने बताउनु भयो ।

 


Views: 232