21st January | 2021 | Thursday | 3:52:24 AM

करेन्ट लागेर एक जनाको मृत्यु

खगेन्द्र अधिकारी   POSTED ON : भदौ ३१, २०७७ (२:१७ PM)

करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका वडा नं २ वडिमाईमा विद्युतको पोल गाढ्ने क्रममा करेन्ट लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

नयाँ पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा भैरवी गाउँपालिका वडा नं. २ का २४ बर्षिय पुस्कर थापाको ज्यान गएको र वडा नं २ का भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्र आचार्यले जानकारी दिनुभयो ।  

प्रहरीका अनुसार विद्युतको पोल गाड्ने क्रममा पोल ढलेर अर्काे विद्युतको तारमा लाग्दा करेन्ट लागेको र घाइतेको दुल्लु अस्पतालमा उपचार भईरहेको छ ।


Views: 103