सुर्खेत । कर्णाली प्रदेश पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोनाका विरामी थपिएका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ५१ जना कोरोनाका विरामी थपिएका हुन् ।
पुष्टि भएकाहरुमध्य चार विद्यार्थी, तीन सुरक्षाकर्मी, दुई निजामति तथा एक जना इन्सेकका कर्मचारीसहित ५१ जना रहेका छन् । प्रदेश अस्पताल÷पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४९, चौरजहारी र दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा एक÷एक जनामा कोरोना पुष्टि भएको समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार वीरेन्द्रनगरका १३, सल्यान बनगाडकुपिण्डे नगरपालिकाका ३३, दैलेख नारायण तथा दुल्लु नगरपालिकाका, जाजरकोट जुनिचाँदे गाउँपालिकाका, उदयपुर बेलाका नगरपालिकाका र रुकुमपश्चिम चौरजहारी नगरपालिका एक÷एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ९१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६०५ पुगेको कंडेलको भनाई छ । नयाँ संक्रमितसहितसंक्रिय विरामीको संख्या ३०३ रहेको महाशाखाले जनाएको छ ।
Views: 87