27th November | 2020 | Friday | 5:32:09 AM

जाजरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु

बालकुमार शर्मा   POSTED ON : आश्विन २६, २०७७ (७:११ PM)

जाजरकोटमा भीरबाट लडेर एकजनाको मृत्यु

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका ६ ताँसीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँसीको २४ वर्षिय अप्सरा बि.क. रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ  ।

प्रहरीका अनुसार स्थानीय कार्कीगाउँ नजिकै पर्ने धनिखोला नजिकै घाँस काट्दै गर्दा दिउँसो करिब १ बजे लडेकी अप्सरालाई उपचारका लागि स्वास्थ्य चौकी लैजाँदैै गर्दा बारेकोट १ र ५ को सीमानामा पर्ने काउँलीमा करिब ४ बजे मृत्यु भएको स्थानीय हरिबहादुर बिकले जानकारी दिनुभयो ।

यो संगै जाजरकोटमा पछिल्लो ६ महिनामा भिरालो बस्ती र सडक यातायात नपुगेका स्थानमा  घाँस दाउरा, मेलापात गर्दा १ दर्जन नागरिक लडेरै ज्यान गुमाउनु परेको तथ्यांक छ ।



Views: 66

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)