27th November | 2020 | Friday | 4:57:27 AM

कोरोनाबाट सुर्खेतमा थप एकको मृत्यु

खगेन्द्र अधिकारी   POSTED ON : आश्विन ३०, २०७७ (३:४० PM)

कोरोनाबाट सुर्खेतमा थप एकको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका २ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।

आफन्तकोमा बसेर अध्ययन गरिरहेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लिएका थिए । त्यसपछि मात्रै देउती अस्पताल लिएका थिए । उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो । यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको महाशाखाले जनाएको छ ।


Views: 43

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)