27th November | 2020 | Friday | 4:53:13 AM

रुकुम पश्चिममा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

विवेक खड्का   POSTED ON : आश्विन ३०, २०७७ (७:०५ PM)

रुकुम पश्चिममा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

दाङ । रुकुम पश्चिममा कोरोना भाईरसका कारण पहिलोपटक एक जनाको मृत्यु भएको  छ । अहिलेसम्म रुकुम पश्चिममा कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको थिएन ।

उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत रुकुम पश्चिम चौरजहारी नगरपालिका १४ निबासी ३३ वर्षीय  एक पुरुषको मृत्यु भएको  हो । १० दिनदेखि उपचाररत ती पुरुषको शुक्रबार मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । 

उपचारका लागि गत असोज २१ गते भर्ना भएका बिरामीको शुक्रबार मृत्यु भएको हो । उपचारका लागि हर प्रयास गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएको हुँदा शुक्रबार निधन भएको अस्पतालले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Views: 104

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)