27th November | 2020 | Friday | 5:53:02 AM

भाइले दाइको हत्या गरि जंगलको ओडारमा फालेको अवस्थामा शव फेला

  POSTED ON : आश्विन ३०, २०७७ (८:०७ PM)

भाइले दाइको हत्या गरि जंगलको ओडारमा फालेको अवस्थामा शव फेला

सल्यान । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् ।  वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ । 

थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष  मानसिंह पुरीले जानकारी दिनुभयो । मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ । 

बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिनुभयो । 

 जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान शुरु गरेको बताउनुभयो । प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ । 


Views: 72

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)