27th November | 2020 | Friday | 4:55:24 AM

कर्णालीमा संक्रमित मध्ये ७६ प्रतिशत पुरुष

खगेन्द्र अधिकारी   POSTED ON : कार्तिक १, २०७७ (२:११ PM)

कर्णालीमा संक्रमित  मध्ये  ७६ प्रतिशत पुरुष

सुर्खेत । कर्णाली प्रदेशमा महिलाको तुलनामा पुरुष बढी संक्रमित भएको तथ्यांक छ । संक्रमणका दृष्टिले पुरुष बढी जोखिममा रहेका छन् । कर्णाली प्रदेशको स्वास्थ्य सेवा महासाखाका अनुसार कोभिड–१९ संक्रमित हुनेमा पुरुष नै बढी देखिएका छन् । कर्णाली प्रदेशका कुल कोरोना संक्रमितमध्ये २४ प्रतिशत महिला र ७६ प्रतिशत पुरुषमा संक्रमण पुष्टि भएको छ ।


संख्याको आधारमा १ हजार १ सय ६५ महिला र ३ हजार ७ सय ६० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंँडेलका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा १० देखि ५९ वर्ष उमेरसमूहका ९३ प्रतिशत रहेका छन् । ६० वर्ष माथिका ३ प्रतिशत र १० वर्ष मुनिका ४ प्रतिशत रहेका छन् ।


त्यस्तै, २० देखि २९ वर्ष उमेर समुहका मानिसहरुमा बढी संक्रमण देखिएको छ । कर्णालीका कोरोना संक्रमितको कुल संख्या मध्ये १ हजार ८ सय ६६ जना २० देखि २९ वर्ष उमेरसमुहका छन् । यसैगरि ३० देखि ३९ वर्ष उमेर समुहका १ हजार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


हालसम्म १० देखि १९ वर्षका ५ सय ९२ जना, ४० देखि ४९ वर्ष उमेर समुहका ५ सय ७२ जना, ५० देखि ५९ वर्षका २ सय ९८ जना, १ देखि ९ वर्ष उमेर समुहका १ सय ६९ जना, ६० देखि ६९ वर्षका ९८ जना , ७० देखि ७९ वर्षका २७ जना, १ वर्ष मुनिका १२ जना, ८० देखि ८९ उमेर समुहका १० जना र ९० वर्ष माथिको उमेर समुहका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


कर्णाली प्रदेशमा हालसम्म ८३ हजार भन्दा बढीमा पीसीआर परीक्षण गरिएको छ । सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार आरटी पिसिआर बिधिबाट ८३ हजार ६६ जनाको स्वाब परीक्षण गरिएको हो । जसमध्ये ४ हजार ९ सय २५ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ भने ३ हजार ६ सय ७८ जना कोरोना निको भई घर फर्किसकेका छन् ।


प्रतिशतका आधारमा ७४ दशमलव ७ प्रतिशतले कोरोना जितिसकेका छन् । हालसम्म कर्णालीमा १३ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । यो कुल संक्रमित संख्याको ० दशमलव २ प्रतिशत हो । हाल प्रदेश भर कोरोनाका १ हजार २ सय ३५ संक्रिय सक्रमित छन् । उनीहरुको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।


 

Views: 65

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)