27th November | 2020 | Friday | 5:04:44 AM

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नवीनकुमार शर्मा   POSTED ON : कार्तिक ४, २०७७ (५:४९ PM)

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

दैलेख । आज एकैदिन २ वटा सवारी दुर्घटनामा परेका छन् । दैलेखको गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा बा ४ ख ६७७१ नम्बरको टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भिर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनु भएको छ । टिप्पर सडकबाट करीब ३०० मिटर तल लोहोरे खोलामा खसेको छ । मृत्यु हुनेको नाम खुल्न सकेको छैन ,थप विवरण आउन बाँकी रहेको छ ।

यस्तै सुर्खेतबाट जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको यात्रुबाहक बस सोही गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । मृतक वीरेन्द्रनगर नगरपालिकाका निबासी ललित नेपाली रहेको खुलेको छ ।

बसमा सवार २ जना यात्रु गम्भिर घाईते भएका छन भने १२ जना घाइते भएका छन् । गम्भिर घाइते भएका २ जनालाई उपचारको लागि सुर्खेत लगिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभएको छ ।


Views: 94

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)