27th November | 2020 | Friday | 5:33:09 AM

कोरोना संक्रमित बृद्धाको मृत्यु

खगेन्द्र अधिकारी   POSTED ON : कार्तिक ४, २०७७ (६:२६ PM)

कोरोना संक्रमित बृद्धाको मृत्यु

सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत् एकजना बृद्धाको कोरोना संक्रमित महिलाको मंगलबार मृत्यु भएको छ । उपचारका क्रममा वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया बृद्धाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको बताइएको छ ।

ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि असोज ३० गते बेलुका प्रदेश अस्पतालमा भर्ना भएकी महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि कात्तिक १ देखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । कर्णाली प्रदेश अस्पतालका डा. प्रदीप पौडेलका अनुसार कात्तिक १ गते बिहान स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


Views: 58

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)