30th November | 2020 | Monday | 4:57:25 AM

रेडपाण्डाको छालासहित चार जना पक्राउ

खगेन्द्र अधिकारी   POSTED ON : कार्तिक ५, २०७७ (६:३२ PM)

रेडपाण्डाको छालासहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ वटा रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होतलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला (ओखेटो पहार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मा रहेको दैलेख नौमुले गा.पा. वडा नं. २ बस्ने वर्ष २६ को मनोज वि.क., वडा नं. ३ बस्ने वर्ष ४१ को मनबहादुर सुनार, वर्ष २९ को पदमबहादुर सुनार र दैलेख नारायण न.पा. वडा नं. ९ बस्ने बर्ष ४० की सबिता थापा रहेको प्रहरीको भनाइ छ । 

पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय सुर्खेतमा पठाएको छ ।


Views: 73

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)