16th January | 2021 | Saturday | 8:01:05 AM

जुम्लाका विद्यालयमा पठनपाठन शुरु

विजय रावत   POSTED ON : मंसिर ११, २०७७ (५:४१ PM)

जुम्लाका विद्यालयमा पठनपाठन शुरु

जुम्ला ।  जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय खुलेका छन् । नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालयहरू खुलेका हुन् । कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालयहरू सरकारले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई जिम्मा दिएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गाउँपालिकामा कोरोना संक्रमितको संख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय संचालन गरी पठनपाठन भएको उपाध्यक्ष बुढाले बताउनुभयो ।”

कोरोनाले प्रभावित भएको विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिका भित्रका सबै सामुदायिक तथा निजि विद्यालयलाई खोल्ने अनुमति दिई केही विद्यालयले पढाई सुचारु गरेको नगरपालिका उपप्रमुख अप्पसरादेवी महले बताउनुभयो । विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको चन्दनननाथ माविका प्राध्यापक टंक महतले बताउनुभयो ।

 विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाएर स्यानिटाइजर, साबुन र मास्कको प्रयोग अनिवार्य गरिएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताउनुभयो । 


Views: 78