8th March | 2021 | Monday | 8:56:28 AM

जुम्लाका किसान स्याउका विरुवा निर्यात गर्दै

विजय रावत   POSTED ON : माघ ३, २०७७ (५:२५ PM)

जुम्लाका किसान स्याउका विरुवा निर्यात गर्दै

जुम्ला ।  जुम्लाका किसान स्याउका विरुवा जिल्ला बाहिर निर्यात गर्न लागि परेका छन् । यहाँका किसानले उत्पादन गरेका स्याउका विरुवा बाहिर  जिल्लाका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले बताउनुभयो । यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात गरेसँगै बाहिरी जिल्लाबाट स्याउका विरुवा खरिद गर्न नर्सरीमै स्याउ लगाउने किसानको भिड हुनेगरेका तिला गाउँपालिका – १ का बरिष्ठ स्याउ किसान महेन्द्र बुढाले बताउनुभयो । यो यममा मात्र करिब छ हजार स्याउका विरुवा बेचेको सिंजा गाउँपालिका स्याउ किसान हंस कठायतले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ स्याउका विरुवा लिन कृषि विकास कार्यालय दाङको टोली गाडी लिएर आएको छ । नर्सरीबाटै ६ हजार विरुवा दुई गाडीमा लोड गरेर सो कार्यालयले दाङ लिएको स्याउ किसान रोकायाले बताउनुभयो । ” किसानले सबै विरुवाको रुपैया नर्सरीमै  नगद पाएका छन्  । रेड, रोयल र गोल्डेन जातको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । स्याउका विरुवा रोप्ने सिजन शूरुभएसंगै यहाँका स्थानीयवासी र जिल्ला बाहिरका किसान आउन थालेको यहाँका स्याउ नर्सरीका संचालक बताउँछन् । 

नर्सरीमै रु ४० रुपैयाँ प्रतिविरुवा बिक्रि हुने गरेको यहाँका किसानहरु बताउँछन् । फाटफुट किन्दा प्रति विरुवा ५० रुपैयाँ पर्छ । निरोगी विरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान यो याममा लागि परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई जुम्लाका कार्यालय प्रमुख नमराज भण्डारीले बताउनुभयो । सो कार्यालय जिल्लामा संचालन आएदेखी स्याउ खेतीमा आधुनिकरणदेखी किसानलाई चाहिने सिपमुलक तालिमले यहाँका स्याउ किसानलाई राहत भएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।  अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका विरुवा किन्न ब्यापरी गाउँमै पुग्ने गरेका छन् । स्याउका विरुवा जिल्ला बाहिर निर्यात गर्नको लागि यहाँका किसान संगठिन हुने गरेको किसान परी कार्कीले बताउनुभयो ।

जिल्ला बाहिरबाट आएको माग अनुसार सबै किसानले सल्लाह गरेर एकै पटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ । यो कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकारात्मक छ । हरेक वर्ष जुम्लादेखि स्याउका विरुवा निर्यात हुने गरेको छ । यहाँको विरुवा तत्कालिन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुंङ, डोटी र जाजरकोटसम्म निर्यात हुने गरेको छ ।

 चिसो हावापानीमा निरोगी विरुवा पाइने भएकोले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन् । हाल जिल्लामा एक सय १०  नर्स फर्म कृषि किास कार्यालयका दर्ता भएका छन् जसमध्ये करिब ८० नर्सरी धनीले सक्रिय रुपमा विरुवा उमारिरहेको कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ साढे पाँच लाख नर्स विरुवा जिल्लामा उत्पादन भएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । ” जिल्ला बाहिर पठाउने तयारीमा रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउ लगाउने सिजन सुरु भएकोले विरुवा बिक्री हुने अपेक्षा यहाँका स्याउ नर्सका संचालकले गरेका छन् । यो पटक सोचे जस्तो गरेर हिउँ नपरेकोले खाल्डा खन्न गाह्रो हुने भएको छ  । 

फागुनको पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकोले नर्सको माग आउने अपेक्षा गरिएको कृषि विकास कार्यालयले जनाएको छ । हाल जिल्लाको सिँजा क्षेत्र र गुठिचौर क्षेत्रतीरबाट स्याउ निर्यात भइरहेको जानकारी कार्यालयलाई आएको प्रमुख देवकोटाकोले बताउनुभयो । 

स्याउका विरुवा यहाँका किसानको प्रमुख आम्दानीको स्रोतमध्य एक हो । जिल्लामा ३८ सय हेक्टरमा स्याउ रोपिएकोमध्य करिब १५ सय हेक्टर क्षेत्रफलबाट स्याउले फल दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।


Views: 117