8th March | 2021 | Monday | 9:32:37 AM

परम्परागत जुम्ली ठुली भैली खेल्न सुरु

विजय रावत   POSTED ON : माघ ४, २०७७ (६:५३ PM)

परम्परागत जुम्ली ठुली भैली खेल्न सुरु

जुम्ला । परम्परागत बाट चलिआएको जुम्ली ठुली भैली खेल्न चलन जुम्लामा शुरु भएको छ । स्थानीय परम्परा अनुसार जुम्लामा भैलो खेल्ने चलन रहि आएको छ । मंसिर शुल्क पुर्णिमाको दिन देखि भौलो सुरु हुने गर्दछ । त्यसलाई सानो भैलो भन्ने गरिन्छ । यसैगरि, औँसिको भोली पल्टदेखि भैलो शुरु भएको चन्दननाथ नगरपालिका –२ का संस्कृत सम्बन्धि जानकार रमानन्द आचार्यले बताउनुभयो । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जुम्लामा भैलो खेल्ने चलनको शुरुवात भएको मानिन्छ । 

बडा हाकिमले भैलेरालाई ४ पैशा र भैलेरीलाई ४ पैशा दिने चलन रहेको संस्कृत सम्बन्धि जानकार आचार्यले भन्नुभयो,“ चन्दननाथ भैरबनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको बताउनुभयो । ” 

भैलेराले हातमा गृह लाट्ठि बोकेर हिड्थे भने भैली पुकार्ने बेला त्यहि लाट्ठि टेक्ने गरेको र त्यति बेला भौलो खेल्न जाने समूहका भैलेरीहरुले तलतिर घाँघरा र माथिलो शरिरीरमा चौबन्धी चौली लगाउने रहनसहन भएको यहाँका संस्कृत जानकार बताउँछन् । आधुनिक परिवेश अनुसार पछिल्लो सयमा त्यो चलन हराउदै गरेको संस्कृत जानकार आचार्यले बताउनुभयो ।

 उहाँले भन्नुभयो,“ ए आँसुबार भनेर गाउँमा पहिले भैलो खेल्ने चलन रहेको छ । त्यसलाई मागलको रुपमा पनि लय हालेर भन्ने गरिएको छ ।” भैलोको पहिलो र दोस्रो दिन आफ्नो गाउँ भन्दा टाढाका गाउँमा खेल्ने गरिन्थ्यो भने तेस्रो र चोथौ दिन आफ्नो गाउँमा भैलो खेल्ने चलन रहेको थियो । चोथौ दिनसम्म भैलो खेल्ने चलन रहेपनि गाउँमा भौलो खेल्न नभ्याएका घरमा पाँचो दिनसम्म पनि भौलो खेल्ने चलन रहेको संस्कृत सम्बन्धि जानकार आचार्यले बताउनुभयो । 

ठुली भैलो शुरु भएको दिन देखि अन्तिमसम्म गाउँमा गएका पाहुनाहरुलाई भैलो छोप्ने चलन पनि रहेको छ । भैलेरा भैलेरीले पाहुनालाई छोप्ने र भैलो नदिनेलाई टोपी, झोला, घडी, ज्याकेट र अन्य सामानहरु राख्ने चलन रहेको जुम्लाको तिला गाउँपालिका – १ का स्थानीयवासि दलपत्ती रावतले बताउनुभयो । 

गाउँमा सर्वसाधारणले भौलो खेल्न आएकाहरुलाई भौलो नदिइ घरको ढोका बन्द गरेर अन्तै जाने गरेका कारणले पनि भैलो हराउँदै गएको स्थानीयवसि रावतले बताउनुभयो ।  जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भौलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको यहाँका स्थानीयवासि बताउँछन् ।  

ठुली भैलोको बेला पोइल गएकी छोरी चेलीहरु सुख दुख साट्न माइती घरमा जाने गर्दछन् । चारदिन सम्म जिल्लामा विभिन्न गाउँमा भैलो खेल्ने गरिन्छ । महिला र बालबालिकाहरुले समूह बनाई भैली खेल्न सुरु गरेका छन् । केही वर्षहरुबाट कर्णाली राजमार्गमा बाटो छेकि सवारी चालकबाट भैली असुल्ने परम्परा बसेको सवारी साधानका चलाक बताउँछन् । 


फोटो क्याप्सन ः जुम्ला सदरमुकाम खलङ्गा बजारमा परम्परागत जुम्ली भैसी खेलदै यहाँका स्थानीय महिला । तस्विर ः विजय रावत ÷ हिटा  


Views: 51