जुम्ला । जुम्लामा अब दैनिक लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै दैनिक ९ घण्टा लामो लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द जुम्लाले लामो समय पछि लोडसेडिङको तालिका सार्वजनिक गरेको विद्युत वितरण केन्द्र जुम्लाले जनाएको छ ।
लोडसेडिङको तालिका अनुसार समूह (क) मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्र रहेको छ । जहाँ दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । यसैगरी समूह (ख) मा विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्र रहेको छ । जहाँ मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सो सुचनामा उल्लेख गरेको छ ।
सूचनामा लेखिएअनुसार हरेक दिन बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावरहाउस बन्द रहने विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाको सुचनामा उल्लेख गरिएको छ । तर, लोडसेडिङको तालिमा भने प्रत्येक साता परिर्वतन हुने पनि बुझिएको छ ।
पिक लोडको समयमा वितरण प्रणालीमा पावर अपुग भएमा ग्राहकहरुको लाइनसमेत काटिनसक्ने विद्युत वितरण केन्द्र जुम्लाका निमित्त प्रमुख हेमन्त साउदले बताउनुभयो । जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली छैन । जुम्लावासीले स्थानीय साना जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बाल्दै आएका छन् ।
Views: 156