सुर्खेतमा पनि दोस्रो चरणको खोप सुरु

खगेन्द्र अधिकारी   POSTED ON : फाल्गुन २३, २०७७ (२:५३ PM)

सुर्खेतमा पनि दोस्रो चरणको खोप सुरु

सुर्खेत । सुर्खेतमा पनि दोस्रो चरणको खोप अभियान सुरु भएको छ । जस अन्तर्गत जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप अभियान शुरु गरिएको छ । जिल्लाका करिब २५ हजार जेष्ठ नागरिकहरुलाई खोप लगाउने लक्ष्यका साथ आजदेखि यो अभियान शुरु गरिएको हो ।

सुर्खेतमा आईतबार विहान १० बजेबाट कोरोना विरुद्धको खोप अभियान शुरु गर्नु अगावै जेष्ठ नागरिकहरु खोप केन्द्रमा पुग्नुभएको थियो । अपेक्षाकृतभन्दा जेष्ठ नागरिकहरुको उत्साहजनक सहभागीता रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान यहीँ फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यालयकाअनुसार सुर्खेतमा ६० ओटा खोप केन्द्रहरु तोकिएको छ । खोप लगाउन जिल्लाभर २ सय ५० स्वास्थ्यकर्मी र ६ सय भन्दा बढी स्वंयमसेवकहरु परिचालन गरिएको वाग्लेको भनाई छ । खोप लगाएपछि हुन सक्ने सम्भावित घटनाको लागि चार जना चिकित्सकसहितको टोली समेत परिचालन गरिएको छ ।


Views: 105

Top