गाउँपालिकाद्धारा आँखा उपचार केन्द्र स्थापना

विजय रावत   POSTED ON : चैत्र २, २०७७ (१२:२५ PM)

गाउँपालिकाद्धारा आँखा उपचार केन्द्र स्थापना

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा आखाँ उपचार केन्द्र स्थापना भएपछि सर्वसाधारणलाई आखाँको रोगको उपचार गर्न सहज भएको छ । गाउँमा धुलो र धुवा हुने भएकोले आँखाका बिरामीको संख्या बढ्दो छ ।

गाउँपालिका र नेपाल नेत्रज्योति संघको समन्वयमा पहिलो पटक जुम्लाको सिँजा गाउँपालिकामा आखाँ उपचार केन्द्र स्थापना भएको हो । यसअघि जुम्ला सदरमुकाम खलङ्गामा मात्रै थियो । गाउँबाट सदरमुकामसम्म आउँदा आखाँका बिरामीलाई सास्ती हुने गरेको थियो । आखाँको उपचार गाउँमै हुन थालेपछि आखाँको बिरामीलाई निकै सहज भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“गाउँमा धुलो धुवा हुदाँ आखाँका रोगी निकै बढि छन् । पहिले सदरमुकाम खलङ्गामै पुगेर उपचार गर्नु परिरहेको हुन्थ्यो । अब गाउँमै आखाँको उपचार हुने भयो ।  सामान्य आखाँमा समस्या आउँदा सदरमुकाम खलङ्गामा महंगो यातायात भाडा तिरेर बास बसेर उपचार गराउनु परिरहेको हुन्थ्यो । ” अध्यक्ष रावलले भन्नुभयो, “अब गाउँमै आखाँ जाँच गराउनेछन् । औषधिपनि गाउँमा नै पाउनेछन् ।आखाँका रोगी पहिचान गरेर गाउँपालिकामै विशेषज्ञ बोलाउन सकिने  गाउँपालिका अध्यक्ष रावलले बताउनुभयो । ” 

आँखा उपचार केन्द्रमा काम गर्ने कर्मचारी र भवनको व्यवस्थापन गाउँपालिकाले गरेको छ । केन्द्रमा उपकरणको व्यवस्थापन नेपाल नेत्र ज्योति संघले गरेको संघका जिल्ला अध्यक्ष धनबहादुर बस्नेतले बताउनुभयो । सो आखाँ उपचार केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले आखाँ उपचार संग सम्बन्धित कर्मचारी राखेको गाउँपालिको स्वास्थ शाखाले जनाएको छ । सो आखाँ उपचार केन्द्रले जिल्लाको क्षेत्र नम्बर (ख) का सर्वसाधारणलाई सेवा दिने छ । सो क्षेत्र नम्बर अन्तर्गत सिँजा गाउँपालिका, तिला गाउँपालिका,हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासिलाई आखाँको उपचारमा राहत हुने सिँजा गाउँपालिकाका प्रवक्ता नविन शर्माले बताउनुभयो । उहाँले भन्नुभयो,“ उपचार गर्न क्षेत्र (क) मा जानु पर्दैन । क्षेत्र (ख) मै व्यवस्था भइसकेको छ । सदरमुकाम खलङ्गामा पुगेर आखाँको महंगो उपचार गराउनु पर्दैन । नजिककै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि यहाँका जेष्ठ नागरिक तथा आँखा सम्वन्धी विरामी भएका व्यक्तिले आफ्नौ स्थानीय तह नजिकै उपचार पाउने गाउँपालिकाका प्रवक्ता शर्माले बताउनुभयो । ”

पहिले नेपाल नेत्र ज्योति संघले गाउँमा बर्षमा एक दुइ पटक शिविर राखेर मात्र आखाँको उपचार तथा अप्रेशन गर्ने गरेको थियो । गाउँका आखाँका रोगीको प्रकृतिको आधारमा विशेषज्ञ गाउँमै बोलाएर आखाँको अप्रेशन हुने गाउँपालिका प्रवक्ता शर्माले भन्नुभयो,“आखाँका रोगीले रुपैयाँ नभएर रोग लुकाएर गाउँमै थन्किनु पर्ने अवस्था अब नहुने सकेसम्म स्थानीय सरकारले यहाँका गरिब र जेष्ठ नागरिकलाई निः शुल्क आखाँ रोगको उपचार गरिदिने गाउँपालिका प्रवतmा शर्माले बताउनुभयो । ” पछिल्लो समयमा जिल्लामा धुवा, धुलोका कारण आखाँ रोगीका विरामीको संख्याँमा ह्वात्तै बृद्धि भएको आखाँ अस्पताल जुम्लाले जनाएको छ ।  


Views: 129

Top