कर्णालीकै ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगीता हुने

खगेन्द्र अधिकारी   POSTED ON : चैत्र २, २०७७ (४:५५ PM)

कर्णालीकै ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगीता हुने

सुर्खेत ।  चैत्र ११ देखि १४ गतेसम्म कर्णालीकै ठूलो पुरस्कार राशीको पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । मुख्य कार्यालय चिङ्गाड गाउँपालिकामा रहेको चुली युवा क्लबले उक्त प्रतियोगीताको आयोजना गर्न लागेको हो । प्रथमलाई दुई लाख राशीको पुरस्कार रहेको छ भने द्वितीयलाई १ लाख पचास हजार तृतीयलाई १ लाख र सान्त्वनालाई ५० हजार पुरस्कार राशी रहेको आयोजक क्लबका अध्यक्ष महेश जिसीले जानकारी दिए । यो राशी कर्णालीमा निजीस्तरमा क्वलको तर्फबाट अहिलेसम्मकै ठूलो पुरस्कार राशी हो ।

क्लबले खेलकुद, संस्कृति, स्वास्थ्य, शिक्षा लगायतका सामाजिक कार्यहरु गर्दै आइरहेको बताउँदै यो भलिवल प्रतियोगीतामा सहभागीहरु मध्येबाट वेष्ट प्लेयरलाई १५ हजार, वेष्ट स्पाइकरलाई ७ हजार ५ सय, वेष्ट सेटरलाई ७ हजार ५ सय, वेष्ट डिफेण्डरलाई ७ हजार ५ सय, वेष्ट सर्भरलाई ७ हजार ५ सय र वेष्ट कोचरलाई ७ हजार ५ सय पुरस्कार स्वरुप प्रदान गर्ने रेफ्रि संयोजक अम्मर बहादुर चन्दले जानकारी दिए ।

११ गतेदेखि १४ गतेसम्म स.चालन हुने प्रतियोगीताका लागि यही चैत्र ३ गतेदेखि १० गते साँझ ५ बजेसम्म टिम दर्ता गर्ने समय तोकिएको छ भने टिम दर्ता शुल्क १० हजार रहेको छ । प्रतियोगितामा देशभर रहेका जुनसुकै ठाँउका क्लबले सहभागिता जनाउन सक्ने आयोजकको भनाई छ ।

प्रतियोगीता बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले कर्णालीमा भलिवललाई चिनारीकै रुपमा विकास गर्नुपर्ने बताए ।


Views: 405

Top