18th May | 2021 | Tuesday | 6:40:37 AM

धुलियाविट–भेडाबारी सडक स्तरोन्नतीका लागि डिपिआर स्वीकृति

खगेन्द्र अधिकारी   POSTED ON : चैत्र १८, २०७७ (१०:५५ AM)

धुलियाविट–भेडाबारी सडक स्तरोन्नतीका लागि डिपिआर स्वीकृति

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गतको बोटेचौर–भेडाबारी धुलियाविट खण्डको सडक स्तरोन्नती गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृति भएको छ । डिपिआर स्वीकृत भएसँगै सुर्खेतको मदन भण्डारी राजमार्ग निर्माणमा तिब्रता आउने विश्वास गरिएको छ ।

चालु आ.व. मा काम सम्पन्न गर्न नसकिने भएका कारण बहुवर्षिय योजनाका रुपमा उक्त सडक खण्डर्ला अघि बढाईएको हो । ठेक्का छनौट भएपछि धुलियाविट बोटेचौरसम्म ३५ किलोमिटर सडकको स्तरोन्नती हुनेछ । परियोजना प्रतिवेदन अनुसार नौ मिटर सडक कालोपत्रे हुनेछ भने सडक स्तरोन्नती भएसँगै हालको भन्दा करिब ५२ प्रतिशत सडक चौडा हुनेछ ।

आगामी आ.व. का लागि आवश्यक रकम सिलिङ्ग भित्रैबाट व्यवस्थापन गर्ने गरि बहुबर्षिय ठेक्का सम्बन्धि मापदण्ड २०७७ का सम्पूर्ण प्रक्रिया पूरा गरी २ अर्व ६१ करोड ६८ लाखको सीमाभित्र रही बहुबर्षिय ठेक्का अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजना शाखाले जानकारी दिएको हो । उक्त ठेक्काका लागि राष्ट्रिय योजना आयोगको भौतिक पूर्वाधार तथा शहरी विकास शाखाले समेत स्वीकृति दिइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय योजना शाखाका अनुसार ३ अर्ब १ करोड बजेट विनियोजन भएको मदन भण्डारी राजमार्गको शान्तिनगर मेचीडाँगी चोक, धरान–केराबारी–लेटाङ्ग–मधुमल्ला र बोटेचौर–भेडाबारी–धुलियाविट गरी ३ वटा सडक खण्डहरुमा ८ अरब २ करोड ९१ लाख बराबरको बहुबर्षिय ठेक्का व्यवस्थापन गर्ने सहमति भएको थियो ।

Views: 39