16th May | 2021 | Sunday | 5:44:17 PM

रारा आउने पर्यटन बढे

विजय रावत   POSTED ON : चैत्र २१, २०७७ (११:२७ AM)

रारा आउने पर्यटन बढे

जुम्ला । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा नयाँ वर्षको अवसर पारेर रारा ताल घुम्न आउने पर्यटनको संख्या बढेको छ । मुलुुककै पर्यटनको आकर्षण मानिने ताल रारा हो । यो यामा स्वदेशी तथा विदेशी पर्यटनको धुम्ने थलोमध्ये रारा ताल एक हो । देशकै प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकहरुको नयाँ वर्षको अवसर पारेर सो तालमा यो यामा आन्तरिक तथा बाह्य पर्यटनको चहलपहल निकै बढेको छ । 

नयाँ वर्ष लाग्न केही दिन बांकी भएसँगै हवाइ र सडक मार्गबाट रारा आउने पर्यटकको संख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“मिलिचौर, सल्लेरी,ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको हो । काठमाडौ, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट समूहमा रारा घुम्न आउनेहरु बढिरहेका छन् पर्यटक बढेपछि बासको समस्या हुन थालेको सुचना अधिकारी रोकायाले बताउनुभयो ।

 रारा वरिपरि दुई पर्यटकीय होटेलसहित माझघट्ट होमस्टे सञ्चालन भएपछि पर्याप्त पर्यटक राख्न समस्या छ । राम्रो होटेल नहुँदा बस्नै समस्या भएको रारा घुम्ने आएका नेपालगंजकाका रविन दाहालले बताउनुभयो । रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुंगा चालकलाई समेत भ्याइनभ्याइ हुन थालेको छ । घोडामार्फत पर्यटकलाई मुर्मा, झयारी, पिना, सिगाडी, माथितुमलगायत गाउँमा घुमाउने गरिएको स्थानीयवासि भक्त रोकायाले बताउनुभयो ।

 रारा घुम्ने आउने पर्यटनहरु प्राय नयाँ वर्षको अवसर पारेर चैत महिनाको दोस्रो साताबाट रारामा पर्यटकको संख्या बढ्न थालेको निकुञ्जका सूचना अधिकारी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“चालु आर्थिक वर्षको ८ महिनामा ४ हजार ४ सय ९ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा तालको अवलोकन तथा भ्रमण गरेका छन् । ४ हजार ४ सय ९ जना पर्यटकमध्ये ७ जना विदेशी पर्यटक रहेका छन् । यस्तै ४४ सय २ जना नेपाली पर्यटक रहेका छन् । ” नेपालमा कोरोना संक्रमण फैलिएको एक वर्ष पुगेको र कोरोनाकै कारण बाह्य पर्यटकको आवागनम कम भएको सूचना अधिकारीले रोकायाले बताउनुभयो । कोभिडपछि बाह्य पर्यटक भन्दा नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकको भने घुइँचो रहेको सुचना अधिकारी रोकायाले भन्नुभयो,“चैत महिना सुरु भएसँगै रारामा रहेका होटलले नधान्ने गरी पर्यटकको घुइँचो लागेको छ । ” दैनिक करिब डेढ बढी आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शिर्षकमा १० लाख १३ हजार ७ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ । विगतका तुलनामा बाह्यको पर्यटकको आगमन घटेपछि राजस्व संकलन पनि घटेको रारा निकुञ्जले जनाएको छ ।

 रारा पुग्नका लागि पछिल्लो समय नाग्म गमगडी सडक फराकिलो र ग्राभेल भएपछि गाडीमार्फत आउने पर्यटकको सख्या पनि वृद्धि भएको छ । नियमित २÷३ उडान मुगु भर्ने भएकोले हवाई मार्गबाट आउने पर्यटकको सख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जब गरेर विशेषगरी काठमाडांै, भक्तपुर, पोखरा, विराटनगरलगायत ठाउँबाट रारा घुम्न आउने गरेका छन् । हवाई मार्गबाट आउने पर्यटक बढेपछि मुगुको ताल्चा विमानस्थलमा यात्रुको चाप बढेको छ । 


Views: 58