ढिपु गाउँमा आगलागीबाट ३५ घर जलेर नष्ट, घरभित्रको अन्नबाली सबै सखाप– बेहोस भए स्थानीय

विजय रावत   POSTED ON : चैत्र २२, २०७७ (८:४७ AM)

ढिपु गाउँमा आगलागीबाट ३५ घर जलेर नष्ट, घरभित्रको अन्नबाली सबै सखाप– बेहोस भए स्थानीय

जुम्ला ।  जुम्ला तिला गाउँपालिका – ९ स्थित ढिपु गाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले बताउनुभयो । उहाँले भन्नुभयो,“ अहिले आगो नियन्त्रण  आएको छ । प्रयाप्त पानी नभएको कारण आगो नियन्त्रण भन्दा बाहिर गएको थियो । घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास गरेको वडाध्यक्ष बोहोराले बताउनुभयो । ” ३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण यहाँका स्थानीयवासी बेहोस भएका छन् । आगलागीको एकीन विवरण आउन बाँकी रहेको वडाध्यक्ष रावतले बताउनुभयो ।  

सो गाउँपालिको  ढिपु गाउँको बर्षायाममा ६ महिना बस्ने बस्ती हो । यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन् । मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको सो गाउँका स्थानीयवासि बताउँछन् ।  स्याउला संकलनका लागि एक दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो वडाध्यक्ष रावतले भन्नुभयो,“उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेको बताउनुभयो  । ”सदरमुकाम खलङ्गादेखि गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । आगलागी भएको खबर पाउने वित्तिकै तत्काल उद्वारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको स्थानमा पठाएको प्रजिअ थापाले बताउनुभयो । प्रहरीको टोलीले पाँच घण्टापछि आगलागी स्थलमा पुगेको सो गाउँको आगलागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले तिला गाउँपालिका–९, ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खवरले दुखित तुल्याएको बताउनुभयो ।  यसअघि तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो ।   


Top