16th May | 2021 | Sunday | 7:14:59 PM

कर्णाली प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजीनामा दिँदै

हिमालय टाइम्स   POSTED ON : चैत्र २२, २०७७ (६:०७ PM)

कर्णाली प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले राजीनामा दिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने भएका छन् । 

आइतबार बसेको संसदीय दलको बैठकले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

पार्टीको निर्देशनपछि सरकारमा सहभागी मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

 त्यस्तै, आजको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।


Views: 38