कर्णाली प्रदेशका तीन मन्त्रीले दिए संयुक्त राजीनामा

हिमालय टाइम्स   POSTED ON : चैत्र २४, २०७७ (१:३९ PM)

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए संयुक्त राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी भएका एमालेका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिनुभएको छ ।

 मंगलबार राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हुनुहुन्छ । उहाँहरुले  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाउनु भएको छ । 

आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

अहिले एमाले संसदीय दलको वैठक जारी रहेको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र  राप्रपाका १ जना सांसद रहेका छन् ।

 जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।


Top