16th May | 2021 | Sunday | 6:53:28 PM

जुम्ला अध्यक्षमा शाही विजयी

विजय रावत   POSTED ON : चैत्र २७, २०७७ (१:४५ PM)

जुम्ला अध्यक्षमा शाही  विजयी

जुम्ला ।  नेपाल पत्रकार महासंघ जुम्ला  शाखाको अध्यक्षमा नेत्रबहादुर शाही  विजयी हुनुभएको छ । बुधबार भएको निर्वाचनबाट शाही  निर्वाचित हुनुभएको हो । बिहीबार भएको मतगणनामा शाहीले  कूल खसेको ९९ मतमध्ये ५६ मत पाएको महासंघको जिल्ला निर्वाचन समितिका संयोजक महेश नेपालीले बताउनुभयो । अध्यक्षका अर्का प्रत्यासी एलपी देवकोटाले ४३ मत प्राप्त गर्नुभयो ।

 त्यसैगरी वरिष्ठ उपाध्यक्षमा भरत बोहोरा, महिला उपाध्यक्ष दिलमाया शाही ,सचिवमा मानदत्त रावल ,  कोषाध्यक्षमा धनलाल बस्नेत , सचिव खुलामा सागर परियार , सचिव समावेशमा रतन वड , दलित सदस्यमा शिवानी विक  यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । सदस्यमा धर्मसिंह कठायत, गोल्डन बुढा , रामप्रकाश विक, हस्तनाथ योगी,उमेश बुढा ,सुर्य अधिकारी र कल्पना रावत  चयन हुनुभएको छ । निर्वाचनमा प्रेस सेन्टर,प्रेस चौतारी,प्रेस मंच र जन पत्रकार संघ बीच सहकार्य भएको हो । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा विजय रावत ,नरेन्द्रनाथ तथा प्रदेश परिषद् सदस्यमा शुरबहादुर सिंह ,डिवि बुढा ,किरण धिताल र शिवा शाही  चयन हुनुभएको छ । 


Views: 81