16th May | 2021 | Sunday | 6:25:04 PM

मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम कार्यान्वयन हुँदै

खगेन्द्र अधिकारी   POSTED ON : चैत्र २८, २०७७ (४:४४ PM)

मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम कार्यान्वयन हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम कार्यान्वयन गर्न थालेको छ । कर्णाली प्रदेश सभाका ज्येष्ठ समानुपातिक प्रदेश सभा सदस्य संयोजक रहने गरी कार्यविधि नै तयारी गरेर उक्त कार्यक्रमको कार्यान्वयन गर्न लागिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका निर्देशक मुकुन्दनाथ योगीले बताउनु भयो । गरिब, विपन्न, द्वन्द्वपीडितहरुलाई लक्षित समुदायको रुपमा राखिएको यो कार्यक्रमले विपन्न समुदायका लागि भएको कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले बताउनु भयो ।

। निर्देशिका बमोजिम कार्यक्रम संचालन हुने भएकोले अनुदानको नाममा हुने विकृतिहरु रोक्नका लागि यसले सहयोग गर्ने प्रदेश सभा सदस्य खड्काको भनाई छ । यो सहुलियत ऋण भएकाले पाएको पैसा दुरुपयोग नगर्न लक्षित वर्गलाई अनुरोध गर्दै प्रदेश सभा सदस्य खड्काले भन्नुभयो, ‘सुरुमा एउटा टोलमा ५० जनाबाट सुरु गरेर यसलाई बढाउँदै जान्छौ तर तपाईहरु आत्मनिर्भर बनेर जीविकोपार्जनमा लागिदिनु होस् ।’

वीरेन्द्रनगर नगरपालिकाको वडा नंं ११ अन्र्तगत सालघारी गैरीगाउँ टोलविकास चारकुनेमा वडा अध्यक्ष नन्दलाल शर्माको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी उक्त कार्यक्रमको सूरुवात गरिएको थियो ।

प्रदेश सरकार, तालुक कार्यालय र सहकारीले समेत यसको सदुपयोग भए नभएको अनुगमन हुने कार्यविधिमा उल्लेख छ । लक्षित वर्गकै एक समिति निर्माण गरी सीप मुलक तालिम तथा क्षमता अभिबृद्धिका लागि १५ प्रतिशत, अनुदान सहयोग सम्बन्धि ४४.०५ प्रतिशत, सहुलियत ऋण कोष स्थापनार्थ अनुदान प्रदान गर्ने कार्यक्रमका लागि ४० प्रतिशत बजेट बाँडफाँड हुने कार्यविधिमा उल्लेख छ ।

यस कार्यक्रमका लागि प्रदेश सरकारले ४ करोड ३७ लाख बजेट विनियोजन गरेको थियो । जस अनुसार सुर्खेत जिल्लाका स्थानीय तहका १० वटा टोल विकासहरुमा सहकारी मार्फत कार्यक्रम लागु गर्न थालिएको छ ।


Views: 90