18th May | 2021 | Tuesday | 8:13:32 AM

अज्ञात रोगले धमाधम बिरामी हुदै विद्यार्थी

विजय रावत   POSTED ON : बैशाख ३, २०७८ (११:५५ AM)

अज्ञात रोगले धमाधम बिरामी हुदै विद्यार्थी

जुम्ला । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । बढ्दै वायु प्रद्वषण र  मौसमी रुघाखोकी फैलिदा जिल्लाको  तातोपानी गाउँपालिकाको – ७ मा रहेको ताम्ती गाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । सो गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी एकै दिन विरामी परेका छन् । विद्यालयमा बार्षिक परीक्षा चलिरहेको बेला विद्यार्थी एकाएक विरामी पर्न थालेपछि  विद्यालय अहिले बन्द गरिएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक रावतले बताउनुभयो । उहाँले भन्नुभयो , “ अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ  । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेको प्रअ रावतले बताउनुभयो । ”

विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले बताउनुभयो  ।

बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रासिद अवस्थामा छ । समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले बताउनुभयो ।  गाउँले अहिले निकै डराएका छन् । अज्ञात रोगले तीव्र रुपमा गाउँ नै  थला पार्न थालेको छ । वडाध्यक्ष रावलले भन्नुभयो , “ तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रद्वषणले पनि यो समस्य खडा गरेको वडाध्यक्ष रावतले बताउनुभयो ।” लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीयवासि बताउँछन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधी र स्वास्थ्यकर्मी परिचालनको व्यवस्थापन गरिएको स्वास्थ्य संयोजक चौलागाईले बताउनुभयो । 

रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाकाले बताउनुभयो । गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परिक्षण भएको छ ।  मौसमी रुघाखोकी फैलिदा बालबालिका विरामी परेको भन्ने बुझिएको छ । आवश्यक औषधी उपलब्ध गरि उपचार गरेको प्रमुख सापकोटाले बताउनुभयो । चन्दननाथ नगरपालिका – ४ का स्थानीयवासि अप्पसरा न्यौपानेका अनुसार मेरो बच्चा पनि अहिले बिरामी छ । विद्यालयबाट बिरामी भएर आए । बच्चाको स्वास्थ्य जाच गर्दा सामान्य रुघाखोकी हो डाक्टरले भन्नुभयो । मेरो घर छिमेकी का बच्चा अहिले एक दुई गरेर बिरामी परेका छन् । विद्यालयमा राम्रोसँग स्वास्थ्यका मापदण्ड लागु नहुदा यस्तो समस्य अझै आउने स्थानीयवासि न्यौपानेले बताउनुभयो ।  वायु प्रद्वषण र अहिले मौसम सुख्खा भएकोले स्वास्थ्यका लागि हानिकारक रहेको वातावरणविद् बताउँछन् ।

Views: 61