गाउँपालिकाद्वारा नयाँ जन्मिने सन्तानलाई तीन हजार रुपैयाँ

विजय रावत   POSTED ON : बैशाख ८, २०७८ (९:१७ AM)

गाउँपालिकाद्वारा नयाँ जन्मिने सन्तानलाई तीन हजार रुपैयाँ

जुम्ला  । जुम्लाको पातारासी गाउँपालिकाले नयाँ सन्तान जन्मने वित्तिकै तीन  हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । नयाँ सन्तानका रुपमा जन्मिएका छोराछोरी दुबैलाई तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो । 

उहाँले भन्नुभयो , “ पहिले छोरा र छोरीबीचमा ठुलो विभेद हुन्थ्यो । छोरीलाई काखा र छोरालाई पाखा गर्ने संस्कार थियो । अहिले स्थानीय सरकारआएपछि  छोराछोरी बराबरीको रुपमा हेरेको छ । जन्मिने बित्तिकै उपलब्ध हुने रकमले पोषिलो खानेकुरा खुवाउनेछन ।छोराको न्वारन गर्ने, छोरी जन्मदा नगर्ने, छोरीलाई सरकारी स्कुलमा पढाउने छोरालाई महंगोमा नीजि स्कुलमा पढाउने विभेद कायमै रहेको छ ।गाउँपालिकाले छोराछोरीको विभेद हटाउन जन्मने वित्तिकै तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको उपाध्यक्ष महताराले बताउनुभयो ।नयाँ सन्तानले पोषिलो खानेकुरा पावस भन्ने उदेश्यले सो कार्यक्रम पालिका लागु गरिएको छ । 

अभिभावकलाई बालबालिका प्रति लगानी गर्ने इच्छा जागोस भन्ने हेतुले गाउँपालिकाले यो अवधारणा ल्याएको हो । गाउँपालिकाले तीन हजार रुपैयाँ दिने र घरपरिवारले अनिवार्य रुपमा तीन हजार रुपैयाँ थपेर बैंकमा खाता खोल्नु पर्ने गरिएको पातारासि गाउँपालिकाले जनाएको ।बालबालिकाको जन्मदिनमा आफन्तजनले दिएको दक्षिणा समेत बच्चाकै खाता जम्मा गर्नु पर्ने कार्य गरेको छ । गाउँपालिकाले बालबालिकाका लागि  कोष खडा गरेको छ । उपाध्यक्ष महताराले भन्नुभयो , “ गाउँपालिकाले दिने रकम जतिबेला आएपनि पाउँछ । गाउँपालिका बालबालिकाको भविष्य प्रति जिम्मेवार छ ।अहिले गाउँपालिकाले तीन हजार रुपैयाँ बालबालिकाका नाममा दिने भएपछि अभिभावक पनि बालबालिका प्रति लगानी गर्न थालेका छन । छोराछोरी एकैरथका दुई पाङग्रा हुन । यीनिहरुको यो समाजमा बराबर भुमिका रहेको उपाध्यक्ष महताराले बताउनुभयो । 


Top