15th June | 2021 | Tuesday | 9:04:06 AM

कर्णालीमा तीब्रगतिमा फैलिदै कोरोना संक्रमण,पोजेटिभ हुनेले समयमा सूचना नै पाउँदैनन्

खगेन्द्र अधिकारी   POSTED ON : बैशाख ११, २०७८ (३:५३ PM)

कर्णालीमा तीब्रगतिमा फैलिदै कोरोना संक्रमण,पोजेटिभ हुनेले समयमा सूचना नै पाउँदैनन्

सुर्खेत । कोरोना भाइरसको दोस्रो लहर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि तिब्र गतिमा फैलिरहेको छ । जसले गर्दा मानव स्वास्थ्यमा ठूलो खतरा पुग्ने देखिएको छ । पछिल्ला केही दिनहरुमा संक्रमितको दर ह्वात्तै बढेपनि कोरोना छ छैन भनेर चेकजाँच गरेकाहरु मध्य संक्रमण पुष्टि भएकाहरुले समेत समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् ।

एक संक्रमितले भने, मलाई शंका लागेर होम आइसोलेशनमा बसेको छु । चेक गरेको थिएँ मेरो रिपोर्ट पोजेटिभ आएको रहेछ तर समयमा नै थाह पाउन सकिन । सम्बन्धित निकायमा फोन गर्दा फोनको रेस्पोन्स नै आएन अन्ततः आफै रिपोर्ट जाँदा तपाई संक्रमित हुनुहुन्छ किन यहाँ आउनु भयो भनि उल्टै थर्काउने काम भयो ।’

पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा ११९ जनामा पुष्टी भएको छ । संक्रमितमध्य विद्यार्थी २१, कर्मचारी १९, शिक्षक १९, गृहिणी १४, बैंक र सहकारीका कर्मचारी १२, सुरक्षाकर्मी सात, कृषी, ब्यवसायी र स्वास्थ्यकर्मी पाँच–पाँच जना छन् । यस्तै, भारतबाट फर्केका पाँच,  पत्रकार तीन, चालक दुई र राजनीतिज्ञ एक जना छन् ।

केही हुँदैन् भन्दै नागरिकहरुले स्वास्थ्यका मापदण्डहरु पालना नगर्दा वीरेन्द्रनगरमा कोरोना संक्रमण दर ह्वात्तै बढेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेको भनाई छ ।

‘कोरोना संक्रमण रोक्न सबै पक्ष गम्भीर नभए वीरेन्द्रनगरमा भयावह बन्ने उच्च खतरा छ,’ वाग्लेले भने, ‘अनिवार्य मास्क लगाउने, सेनेटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गरेर दैनिक कार्य गर्नमा कुनै कञ्जुसाइ नगर्न आम नागरिकहरुलाई आग्रह गर्दछु ।’


Views: 89