एक मिनेट पनि चलेन कर्णाली प्रदेश सभाको बैठक

खगेन्द्र अधिकारी   POSTED ON : बैशाख १५, २०७८ (३:५२ PM)

एक मिनेट पनि चलेन कर्णाली प्रदेश सभाको बैठक

सुर्खेत । कर्णाली प्रदेश सभाको सातौ अभिवेशनको चौथो बैठक एक मिनेट पनि चल्न सकेन । सभामुख राजबहादुर शाहीले बैठकको सुरु भएको जानकारी गराएसँगै नेकपा एमालेका प्रमुख सचेतक समेत रहुनभएको गुलाव जंग शाहले आपत्ति जनाउनु भयो । त्यसपछि उहाँलाई बोल्न सभामुखले समय दिनुभयो । उहाँले भन्नुभयो–बाहिर निषेधाज्ञा छ,  जनता कोरोनाका कारण हैरानी खेपिरहेका छन् । यस्तो अवस्थामा हामी प्रदेश सभा कसरी संचालन गर्न सक्छौ ।’

उहाँले त्यसो भनेपछि एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएपछि अर्को सूचना नभएका सम्मका लागि बैठक स्थगित भएको सभामुख शाहीले जानकारी गराएसँगै बैठक एक मिनेट पनि नबसी स्थगित भयो ।


Top