कर्णाली स्वास्थ्य विज्ञानको ओपिडि सेवा बन्द

विजय रावत   POSTED ON : बैशाख २१, २०७८ (२:५१ PM)

कर्णाली स्वास्थ्य विज्ञानको ओपिडि सेवा बन्द

जुम्ला ।   जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना संक्रमण बढेपछि ओपिडि सेवा वन्द गरेको छ ।  प्रतिष्ठानले जोखिम कम गर्न भन्दै ओपिडि सेवा वन्द गरेर ईमरजन्सी कक्षमा उपचार थालेको हो । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार सवै स्वास्थ्यकर्मी कोरोनाको उपचरमा खटिनुपर्ने भएको हुदा अहिले आकस्मिक वाहेकका सेवा वन्द भएका छन् ।  ओपिडिमा रहेका जनशक्तिहरु कोरोनाको उपचारका लागि खटिएको निमित्त अस्पताल निर्देशक डाक्टर शाहले बताउनुभयो । वैशाख १७ गतेदेखि ओपिडि बन्द गरिएको सूचना समेत जारी गरिएको छ । 

 प्रतिष्ठानले जारी गरेको सूचना अनुसार कोरोना भाईरसको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण विरामी तथा सुरक्षाको समुदायको सरक्षाको लागि अर्को सूचना जारी नभए सम्मका लागि वन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यद्यपी ईमरजन्सी विरामीका लागि हटलाईन सेवा नम्बर व्यवस्थापन गरिएको सूचना जारी गरेको छ । १६६०८७५२५५५ नम्बरको हटलाईन सेवा गरिएको प्रतिष्ठानले जनाएको हो ।

टेलिफोनवाट स्वास्थ्य परापर्श सेवा :

साधारण समस्या  भएका विरामीहरुले टेलिफोन मार्फत चिकित्सकलाई परामर्श सेवा लिन समेत टेलिफोन नम्बर सार्वजनिक गरिएको छ । प्रतिष्ठानमा विशेषज्ञ डाक्टर पुजन रोकाया हाडजोर्नी, डाक्टर सूर्यमान लिम्बु सर्जरी, डाक्टर राजेन्द्रमणि गिरी मेडिसिन, प्रा.डा. सुनिलि बुढाथोकी  बालरोग, डाक्टर राजिव शाह स्त्री तथा प्रसुति रोग विशेषज्ञको फोन  सार्वजनिक गरिएको छ ।

यसैगरी कोरोना संक्रमण बढेपछि जनशक्ति खटन पटन व्यवस्थापन गरेको छ । प्रतिष्ठानले २४ सै घण्टा ५ जना डाक्टर राखेर ईमरजन्सी र कोरोनाको उपचारमा लागिरहेको प्रतिष्ठानले जनाएको छ । यसैगरी यस अघि छ जना डाक्टर नेपालगंजको भेरी अस्पतालमा डाक्टर प्रतिष्ठानले पठाएको छ ।

४८ संक्रमित, एक जना सिकिस्त :

कोरोना संक्रमणको उपचारमा खटिरहेको कर्णाली प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट विरामी आउन थालेका छन् । सुर्खेतबाट आएका मध्यम स्वास्थ्य समस्या भएका वेड र अक्सिजन आवश्यक विरामीको समेत उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एकजना विरामी सिकिस्त विरामी भएको जानकारी दिएको छ । यसैगरी कोरोना पोजेटिभको संख्या ४८ पुगेको जानकारी गरिएको छ । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पल सहित अन्य जुम्लाका गरी ४८ जना संक्रमित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । 


Top