जुम्ला सिंजाका कोरोना संक्रमितलाई पालको वास

विजय रावत   POSTED ON : बैशाख २३, २०७८ (६:४८ PM)

जुम्ला सिंजाका कोरोना संक्रमितलाई पालको वास

 जुम्ला ।  जुम्लाको सिंजा गाउँपालिका – २ का कोरोना संक्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । कोरोना संक्रमित व्यक्तिलाई अस्पतालको आइसोलेशन वेडमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जंगलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् । जुम्लाको सिंजा गाउपालिका –२ का चन्द्रविर तिरुवा अस्पताल आएर संक्रमित भएपछि अस्पातलले घर पठाई दिएपछि अहिले उनी पालको वासमा बसिरहेका छन् । 

 घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् । तिरुवा नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिंजा गाउँपालिकाले पुरयाएको र कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वेड हुदा हुदै घर पठाईदिएको तिरुवाले आक्रोस पोख्नुभयो । अस्पतालको वेडमा बसेर सजिलो होला भनेको त घर पठाईदिने निर्णय गरेपछि त्यहाको नियम र व्यवहार प्रति आफु अपहेलित भएको तिरुवाले गुनासो गर्नुभयो । उहाँ भन्नुभयो,“ मलाई स्थानीय तहको आइसोलेशन वेडमा राख्नुपर्ने त्यो पनि नभएको गुनासो गर्नुभयो । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान् । त्यहा पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको टोलीलाई गुनासो गर्दे भन्नुभयो,कोरोना संक्रमितलाई आइसोलेशनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन तिरुवाले  अनुरोध गर्नूभयो । ”

 सिंजा गाउँपालिका – २ का अध्यक्ष नविन शर्माका अनुसार हामीले कोरोनाको शंका मानेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य जाच गर्न पठायौ तर विरामी फिर्ता पठाईदिएपछि हामीलाई हैरान भयो । गाउमा दौडादौड हुन्छ, आइसोलेशन हुने प्रकारका घर र संरचना नभएको बताउनुभयो । गाउँपालिकामा  ५ वेडको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताउनुभयो । उहांले भन्नुभयो,“संक्रमित व्यक्ति राख्ने भन्ने सोच हो तर पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको स्वास्थ्य संयोजक रोकायाले बताउनुभयो । ” विरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास विना बाच्न नसक्ने विरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

उहाँले भन्नुभयो,“लक्षण भएका तर कठिन नभएका विरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका वेड अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका विरामीलाई आवश्यक रहेको अस्पतालका निमित्त निर्देशक डाक्टर  शाहले बताउनुभयो । अहिले प्रतिष्ठानमा ६६ संक्रिमित मध्य ११ जना अक्सिजन आवश्यक पर्ने विरामीको उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ । 

सरकारले बनाएका आइसोलेशन खाली हुदा पनी भिन्नै पाल बनाएर बसेको सुनेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको छ । आयोगको अनुगमन टोलीले संक्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका संक्रमित तिरुवाको अवस्था अवलोकन गरेको हो । राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाई र अवस्थाका बिषयमा आफन्तसंग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरु संग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

 अस्पताल र आईसुलेशन हुदा पनि संक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोग जुम्लाका सूचना अधिकारी किरण बरामले बताउनुभयो । अधिकृत धनराज शाहीले स्थानीय तहमा परीक्षणका लागि किटहरु अभाव भएको पाईएको बताउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टरहरु आउन नमान्ने भएकाले समस्या भएको बताउनुभयो । गत बर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको सिंजा गाउँपालिकाले जनाएको छ । 

 हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अपडेट गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाले स्वास्थ्य जनशक्ति परिचालन गरिएको तर जाचका लागि किटको अभाव भईरहेको हिमा गाउँपालिकाले जनाएको छ ।   


Top