सुधारहुँदै खलङ्गाको विद्युत सेवा

विजय रावत   POSTED ON : बैशाख २७, २०७८ (२:०३ PM)

सुधारहुँदै खलङ्गाको विद्युत सेवा

जुम्ला ।  जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत सेवा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत जीर्ण बन्दै गएपछि भारतीय दूताबासको सहयोगमा पुननिर्माण गरिएको थियो  । 

पुननिर्माणको लागि दुताबासले रु २ करोड ६३ लाख ७७ हजार रुपैया सहयोग गरेको थियो । सो रकमले विद्युतको दुइवटा जेनेरेटर खरिद गरिएको थियो । अहिले विद्युतगृहमा रहेका दुबै जेनेरेटर चलिरहेका छन । २ सय २० किलोवाटको क्षमता रहेपछि १ सय ६५ किलोवाट विद्युत बलिरहेको छ । विद्युत पुननिर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।

पुर्व संविधानसभा सदस्य ललितजंग शाहीले भारतीय सरकारको तर्फबाट राजदुताबासको माध्यमबाट विद्युत पुननिर्माणमा गरिएको सहयोग उपलब्धिपुर्ण रहेको बताउनुभयो । उहाले भन्नुभयो,“ भारत सरकारले यहाँको विद्युत मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौका संरचना निर्माण भएका छन् । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो । यो पुननिर्माणले यहाका सेवाग्राहीलाई थोरै भएपनि राहत महसुश गरेको सासंद् शाहीले बताउनुभयो । ”

 भारतीय दुतावासका प्रथम सचिव करुण बंशलले कर्णालीको जुम्लामा रहेको विद्युतमा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताउनुभयो ।  जुम्लामा विकास गर्न पाउनु भारत सरकारको अवसर हो । यो सहयोगले जीर्ण भइसकेको विद्युतले पुर्णता पाएको छ । दृढ संकल्प सहित काम भएको छ । निरन्तर प्राविधिक सहयोग रहिरहन्छ । गुणस्तरीय सुधार भएकोमा दुतावास खुसि छ । यो भारत नेपालको विकास साझेदारको अमुल्य प्रतिक रहेको सचिव बंशलले बताउनुभयो । 

जुम्लाबासीको आग्रह बमोजिम भारत सरकारले विद्युतमा लगानी गरेर पुन निर्माणको काम गरिदिएकोमा जिल्लावासि खुसी भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताउनुभयो । भारत सरकारले माया गरेको छ । विद्यालय,एम्बुलेन्स र विद्युतमा लगानी गरेको छ । यो निकै राम्रो पक्ष हो । समन्वय उपप्रमुख बुढाले भन्नुभयो,“विकासको मेरुदण्ड विद्युतको पुननिर्माण गरेर राहतको अनुभुति दिलाएको छ । आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका छौ भारतले विद्युतमा गरेको लगानी निकै सान्दर्भिक भएको बताउनुभयो ।”

 तत्कालिन थोरै घरका लागि निर्माण भएको विद्युत जीर्ण हुदै जादा समस्या भएको थियो । अहिले पुननिर्माणले थोरै भएपनि राहत मिलेको छ । भारत सरकारको सहयोग प्रति जुम्लाबासी खुसी भएका छन् । जुम्लाको विद्युतको मेसिन २०४० सालमा ज्योति कम्पनकोे थियो । २०६४ सालमा साना जलविद्युत उपभोक्ता समितिले जिम्मेवारी लियो । मेसिनको क्षमता ह्रास हुदै गयो । सेवाग्राही बढ्न थाले । विद्युत लोड कम गर्न सिएफएल चिमको अवधारणा ल्यायो । त्यहीले पनि जुम्लाको विद्युतको समस्या समाधान भएन । 

संसद ललितजंङ शाहीको कार्यकालमा एलइडी बल्वको अवधारणा अघि बढ्यो । संसद विकास कोषको २० लाख रुपैया र साना जलविद्युत उपभोक्ता समितिको ५ लाख रुपैयँमा प्रतिघर ४ वटा बल्व निःशुल्क बाडियो । तर पनि विद्युत समस्या समाधान हुन सकेन । जुम्लाको विद्युत समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन । साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णु बढ्थापाले बताउनुभयो 

पुननिर्माण पछि विद्युत सेवा प्रवाहमा सुधार भएको छ । जेनेरेटर पुर्न निर्माण भइसकेको छ । खडेरीले पानीको बहाफ कम भएपछि सोचे जति विद्युत दिन सकिएको छैन । सदरमुकाम खलङ्गामा मात्रै विद्युतका तीन हजार बढी ग्राहक रहेको विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताउनुभयो । 

 


Top