पत्रकार महासंघको भवन आइसोलेशन

विजय रावत   POSTED ON : बैशाख २९, २०७८ (१०:१२ AM)

पत्रकार महासंघको भवन आइसोलेशन

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाले ५ बेडको आइसोलेशन तयार गरेको छ । जुम्ला सदरमुकाम खलंगा स्थित महासंघले आफ्नै भवनमा ५ बेडको आइसोलेसन तयार गरेको हो । दोस्रो लहरको कोरोना संक्रमण दैनिक बढ्दै गएको र पत्रकारहरु लाई पनि संक्रमण हुन सक्ने भन्दै तत्काल ५ बेडको आइसोलेसन पुर्वतयारी गरेको नेपाल पत्रकार महासघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो ,'हालसम्म जुम्लामा कार्यरत स्थानीय तथा राष्ट्यि स्तरमा काम गर्ने कुनै पत्रकाहरुलाई संक्रमण नभएपनि पत्रकारहरु संक्रमणको उच्च जोखिममा रहेकोले आइसोलेसन तायार पारिएको हो । तत्तकाल ५ बेडको आइसोलेसन तयार भएपनि पछि आबश्यकता अनुसार बढाउन सकिने छ । जिल्लामा कार्यरत अधिकांश पत्रकार कोठा भाडामा बस्छन् । यदपी संक्रमित भईहालेमा पनि भाडाकै कोठामा बस्न सम्भव छैन् । अस्पतालले अक्सिजन दिनुपर्ने संक्रमित बाहेक अरुलाई भर्ना लिदैन् । त्यसैले महाँसघको आफ्नै भवनमा अक्सिजन आबश्यक नपर्ने संक्रमितका लागि आइसोलेसन बनाइएको अध्यक्ष शाहीले बताउनुभयो  ।'

महासंघकै भवनमा बनाइएको छुटै आइसोलेसनले पत्रकारहरुलाई राहत मिल्ने महासंघका सचिव मानदत्त रावलले बताउनुभयो ।  सकभर कसैलाई संक्रमण नहोस भएपनि उनिहरुको राहत उद्दार तथा व्यवस्थापनका लागि महासंघले विभिन्न निकायसँग समन्वय गरी अघि बढ्ने सचिव रावलले भन्नुभयो ,'महासंघको भवनमा आइसोलेसन बनाउनका लागि सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको अब्बल गैर सरकारी संस्था पेश नेपालले सामाग्री सहयोग गरेको हो ।'

पत्रकार महासंघको अनुरोधलाई स्वीकार गर्दै आइसोलेसन निर्माणका लागि पेश नेपालले ५ फाईबर सिरक, १० वटा डस्ना, ५ वटा सिरानी, ३० मिटर पिपि फर्म, ५ वटा तन्ना, ५ वटा बाटा, ५ वटा जग, ५ वटा गिलास, ५ वटा बाल्टी र ५ वटा रुमाल गरी करिब ५० हजार बराबरको ९ प्रकारका सामाग्री उपलब्ध गराएको सचिव रावलले बताउनुभयो ।

कर्णाली प्रदेशका १० जिल्लाका महासंघ शाखामध्य जुम्लाले पहिलो पटक स्वागत योग्य कामका रुपमा आइसोलेसन तयार गरेको हो । महासंघकै भवनमा ५ बेडको आइसोलनेस तयार भएपछि जुम्लाका  पत्रकारलाई केही राहत हुने कर्णाली सरोकार दैनिक जुम्लामा कार्यरत स्थानीय पत्रकार युनेश परियारले बताउनुभयो । 

Top