कर्णालीमा मन्त्रिपरिषद हेरफेर– तीन नयाँ मन्त्री नियुक्त

खगेन्द्र अधिकारी   POSTED ON : बैशाख २९, २०७८ (२:५० PM)

कर्णालीमा मन्त्रिपरिषद हेरफेर– तीन नयाँ मन्त्री नियुक्त

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको छ । यसअघि २०७४ माघमा नियुक्त हुनु भएका मन्त्रीद्वय विमला केशी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

विष्ट र नेपाली सुर्खेत तथा शर्मा रुकुमपश्चिमबाट प्रदेश सभामा प्रतिनीधित्व गर्ने सांसद हुनुहुन्छ । आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा आर्थिक ममिला तथा योजना मन्त्री केसी र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले राजीनामा दिनुभएको थियो ।

बैठकमा नै मुख्यमन्त्रीले दुबै जना मन्त्रीको राजिनामा स्वीकृत गरेर नयाँ मन्त्री मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री ककाकर्यालयका अनुसार नवनियुक्त मन्त्रीलाई आजै सपथ गराउने तयारीमा मुख्यमन्त्री कार्यालय जुटेको छ ।


Top