कर्मचारी कोरोना संक्रमित भएपछि गाउँपालिका सील

विजय रावत   POSTED ON : बैशाख ३१, २०७८ (१०:०१ AM)

कर्मचारी कोरोना संक्रमित भएपछि गाउँपालिका सील

जुम्ला । गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना भाइरसको संक्रमति भएपछि यहाँका तीन स्थानीय तह सील गरिएको छ ।  सिल हुने गाउँपालिकामध्ये कनकासुन्दरी, गुठीचौर र तातोपानी गाउँपालिका सील गरिएको हो ।  वैशाख  ३० गतेदेखि जेठ ४ गतेसम्म कनकासुन्दरी गाउँपालिका सील गरिएको छ ।

 २९ बैशाखदेखि गुठीचौर गाउँपालिका एक साता सील गरिएको हो । त्यसैगरी, २८ बैशाखदेखि तातोपानी गाउँपालिका एक साताका लागि सील गरिएको स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताउनुभयो ।  कनकासुन्दरी गाउँपालिकामा २९ जना कोरोना संक्रमति छन् । संक्रमित मध्ये १५ जनालाई हाँडसिंजा स्वास्थ्य चौकीको आइसोलनमा राखिएको स्वास्थ्य चौकी इन्चार्ज विरेन्द्र उपाध्यायले बताउनुभयो । यहाँ पाँच बेडको अस्थायी कोभिड अस्पताल पनि छ । तर अक्सिजन नभएका कारण समस्या भइरहेको छ । अर्काे स्वास्थ्य सुरक्षा सामग्री पीपीईको अभाव छ ।’ उहाँले भन्नुभयो,“दैनिक ४–५ वटा प्रयोग हुन्छन् । 

स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायले भने आइसोलेनमा १५ जना कोभिड बिरामी भर्ना छन् । उनीहरु मध्ये २÷३ जनाको स्वास्थ्य अवस्था सहज छ । उपाचार देखि खानपिनमा पनि २४ सै घण्टा खटिनु पर्ने अवस्था भएकोले हामी आफैपनि अस्वस्थ  हुँदै गएको बताउनुभयो । ” जुम्लामा कोरोना संक्रमतिको १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ वैशाखदेखि तथ्यांकअनुसार जुम्लामा १ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ सय ९ जनामा पिसिआर परीक्षण गर्दा १ सय ११ जना र यहाँका ८ वटै स्थानीय तहमा ८ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ८८ जनामा गरी १ सय ९९ जना व्यक्ति संक्रमित भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।  

संक्रमितमध्ये २६ जना कोभिड बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा. राजीव शाहले बतानउनुभयो । उनका अनुसार १७ जना निको भइसकेका छन् । बाँकी १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन् । 

चन्दननाथमा नगरपालिकामा ५२ जना, पातारासीमा ३१ जना, गुठीचौरमा २४ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा २९ जना र अन्य ३० जना गरी जम्मा १ सय ९९ जना संक्रमित भएको स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 


Top