21st June | 2021 | Monday | 1:58:09 PM

जिल्ला प्रवेश गर्न सबैको आरडिटी परिक्षण अनिवार्य

विजय रावत   POSTED ON : जेठ ३, २०७८ (१२:२८ PM)

जिल्ला प्रवेश गर्न सबैको आरडिटी परिक्षण अनिवार्य

जुम्ला । जुम्ला प्रवेश गर्नका लागी आरडिटी परिक्षण गरेमात्र जिल्लामा प्रवेश गर्ने दिने भएको छ । तराईका जिल्ला तथा भारतबाट भित्रिने व्यक्तिहरुको अनिवार्य आरडिटी परिक्षण गरिने भएको छ । 

आरडिटी परिक्षण गरेर मात्र जिल्ला प्रवेश गर्ने व्यवस्था मिलाउन कोभिड – १९ संकट व्यवस्थापन केन्द्र लागि परेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“ त्यसका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले कालिकोट र जुम्ला जिल्लाको सिमाना नाग्ममा एन्टिजन परीक्षण सहितको हेल्थ डेस्क संचालनमा ल्याएको छ । जिल्ला बाहिरबाट आउने हरेक व्यक्तिको उच्च निगरानी राख्दै संक्रमित हुन सक्ने आशंका देखिएको खण्डमा सिधैँ आइसोलेसनमा पठाउने व्यवस्था मिलाइने छ । 

हेल्थ डेस्क सञ्चालनमा आएको पहिलो दिन तीन वटा गाडी र एक मोटरसाइकलमा सवार १५ जनाको एन्टीजन परिक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । ” 

कोभिड – १९ रोकथाम र नियन्त्रणमा हामी निरन्तर लागि रहेका छौ ।  प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो,“ यो महामारीसँग लड्न सबै स्थानीय तह,संघसंस्था तथा निकाय र नागरिक समेत थप संवेदनशील र जिम्मेवार वन्ने समय आएको छ । बेलैमा सचेत बनौ । घरमा बसौ । सुरक्षित बनौ । कोरोनाको सामान गर्ने सकिने प्रजिअ थापाले बताउनुभयो । ” 

हेल्थ डेस्क संचालन गर्नका लागी प्रमुख जिल्ला अधिकारी थापा, बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा,गणपति दिवाकर रायमाझी, प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा,जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटा सहित स्वास्थ्यकर्मीको टोली जुम्ला र कालिकोट  सिमानाको नाग्मबजार हेल्थ डेस्क स्थापना गरी संचालनमा ल्याएको जनस्वास्थ्य सेवा कार्यालय जुम्ला प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । हेल्थ डेस्कमा नियमित रुपमा दुइ स्वास्थ्यकर्मी जना खटिने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । टोलीले सदरमुकाम खलङ्गा देखि तातोपानी गाउँपालिका र तिला गाउँपालिकामा निषेधाज्ञाको अवस्थाबारे समेत अनुगमन गरेको छ । 

अक्सिजन प्लान्ट संचालनबारे अनुगमन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको अक्सिजन प्लान्ट संचालन र उत्पादनको अवस्थाबारे अनुगमन गरिएको छ । कोभिड – १९ संकट व्यवस्थापन समितिका पदाधिकारीबाट अक्सिजन प्लान्ट संचालन र उत्पादनको अवस्थाबारे अनुगमन गरिएको हो । अनुगमनका क्रममा अक्सिजन प्लान्ट सञ्चालन र उत्पादनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले कम क्षमताको बुस्टर भएकोले अक्सिजन सिलिन्डर भर्न समस्या भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,“अहिले प्रति २४ घण्टामा ८ सिलिण्डर भर्न सकिन्छ । बढि क्षमताको बुस्टर भएको खण्डमा २४ घण्टाभित्र ९६ सिलिण्डर भर्न सकिने अवस्था रहन्छ । अक्सिजन प्लान्टबाट सिधैँ एक सय ५० बेडमा अक्सिजन पुगेको प्रतिष्ठानका प्रशासकीय अधिकृत शाहीले बताउनुभयो । ” 

 कोभिड – १९ संकट व्यवस्थापन समितिका पदाधिकारीले कर्णाली प्रतिष्ठानका पदाधिकारीसंग भेटघाट गरेका थिए।भेटघाटका क्रममा प्रतिष्ठानका पदाधिकारीहरुले अक्सिजन प्लान्टमा आवश्यक पर्ने बुस्टर खरिदको लागि टेण्डर भइसकेको बताउनुभयो । तीन सय सिलिण्डर छिटो खरिद प्रक्रियामा रहेको र हाल अक्सिजन प्लान्टबाट दैनिक ४ वटा सिलिण्डर भर्ने अवस्था रहेको जानकारी दिए । प्रत्येक दिन नेपालगन्जवाट प्रतिदिन २० सिलिन्डर भरी ढुवानी गर्ने व्यवस्था मिलाउन समन्वय गरिएको पाइयो । 

अक्सिजन उत्पादनका लागि प्रतिष्ठानको तदारुकता देखिएको छ । यो कार्यमा सबैले साथ दिन जरुरी छ । सो अवसरमा नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखावाट पिक आवर वाहेक अक्सिजन प्लान्टमा आपूर्ति व्यवस्था गर्न डिसीसीएमसीबाट निर्णय समेत गरीएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । अनुगमनमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,बाहिनीपति सहयाकरथी यमबहादुर सापकोटा,गणपति दिवाकर रायमाझी,प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा, सशस्त्र प्रहरीका प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा सहितको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थियो । टोलीले कोरोना संक्रमितलाई मध्येनजर गर्दै अक्सिजन उत्पादन र आयतमा पहल गर्न आग्रह गरेको डिसीसीएमसी जुम्लाले जनाएको छ । 


Views: 122