जीप दुर्घटनामा दुई जनाको मुत्यु

विजय रावत   POSTED ON : जेठ ४, २०७८ (१२:१६ PM)

जीप दुर्घटनामा दुई जनाको मुत्यु

जुम्ला ।  कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्थित स्यालामा जिप दुर्घटना हुदाँ जुम्लाका दुई जनाको मुत्यु भएको छ । मंगलबार विहान भएको उक्त घटनामा परी दुई जनाले घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुप श्रेष्ठले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । 

जुम्लाबाट सुर्खेततर्फ जादै गरेको बा २० च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा जुम्लाको गुठिचौर गाउँपालिका – ४ का ३८ वर्षिय जिप चालक रामहरी न्यौपाने र सोही ठाउँकी २७ वर्षिय राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुईजना मात्रै सवार जिप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो जिप कर्णाली राजमार्गबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनाबारे प्रारम्भिक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । 


Top