उद्योग वाणिज्य संघ जुम्लाद्धारा निःशुल्क कोभिड एम्बुलेन्स

विजय रावत   POSTED ON : जेठ ५, २०७८ (२:४९ PM)

उद्योग वाणिज्य संघ जुम्लाद्धारा निःशुल्क कोभिड एम्बुलेन्स

जुम्ला ।  उद्योग बाणिज्य संघ जुम्लाले कोरोना संक्रमितको लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । वैशाख २६ गते बसेको बैठकले संक्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना माहामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स संचालन गरेको उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताउनुभयो । 

उहाँले भन्नुभयो,“निजी गाडी मासिक भाडा तिर्ने गरि कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि संचालनमा ल्याएका छौँ । संक्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष अलिमनियारले बताउनुभयो । ” 

कोभिड एम्बुलेन्सको व्यवस्था गरेको बिषयमा संघले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गरेको अध्यक्ष मनियारले भन्नुभयो,“कोभिड एम्बुलेन्स संचालनमा ल्याएका छौँ । संघको हलमा आइसोलेसन बनाउने निर्णय पनि भएको छ । आइसोेलेसन कक्ष संचालनको लागि कोभिड–१९ संकट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रह समेत गरिएको उद्योग बाणिज्य संघ जुम्लाले जनाएको छ । 

देशमा दोस्रो लहरको कोरोना महामारीको समयमा सबैले सामुहिक भावनाका रुपमा काम गरे कोभिड – १९ को सामान गर्ने सकिने उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष मनियारले बताउनुभयो । एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बर समेत तोकिएको छ । उद्योग वाणिज्य संघको ल्याण्डलाइन नम्बर ०८७ ः ५२००३८ मा फो गर्न सकिने छ । यसैगरी ९८४८३०५५७९, ९८५८३२०२५२,९८५८३२२३३१,९८५८३२०१३३,९८४८३००४६३ फोन नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरिएको छ । सम्पर्क व्यक्तिको रुपमा उद्योग बाणिज्य संघको कर्मचारी पारस उपाध्यायलाई उद्योग वाणिज्य संघक जुम्लाले जनाएको छ । 

प्रतिष्ठानको प्रवक्तामा डा. रमेश

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा. रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले डा. भट्टराईलाई प्रतिष्ठानको प्रवक्तामा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको महत्वपूर्ण पद मानिने प्रवक्ताको जिम्मेवारी पाएका डा. भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुन् । उनी ६ वर्षदेखि जुम्लामै रहेर सेवा पु¥याउँदैं आएका छन् । बुटवल घर भएका युवा चिकित्सक डा. भट्टराई कर्णालीका दूरदराजमा हुने स्वास्थ्य शिविरहरुमा पनि सक्रिय रहँदैं आएका छन् । नवनियुक्त प्रवक्ताको कार्यकाल ४ वर्षको हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । 


Top