कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप विशेषज्ञ सेवा

विजय रावत   POSTED ON : जेठ ८, २०७८ (१:१८ PM)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप विशेषज्ञ सेवा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा,स्नायुरोग विशेषज्ञ सेवा,नाक,कान,घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा। रमेश भट्टराइले प्रेस नोट जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप चारवटा विशेषज्ञ सेवा सञ्चालन गरेको 

 प्रतिष्ठानका प्रवक्ता डा। रमेश भट्टराईले बताउनुभयो ।उहाँले भन्नुभयो ,'प्रतिष्ठानमा अबदेखि नाक,कान,घाँटी,स्नायु,छाति र छाला रोगको उपचार पनि जुम्लामै हुने भएको छ । यी रोगको सेवा नहुँदा महंगोमा उपचार गराउनु पर्ने बाध्यता । कर्णालीमै यो रोगको उपचार हुन्छ । ढुक्क भएर उपचार गर्ने बातावरण सिर्जना हुदैँछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस,बीएनएस,ब्याचुलर इन क्लिनिकल न्युट्रेशन बिषयहरुको निरिक्षण भएर सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानका प्रवक्ता डा। रमेश भट्टराईले बताउनुभयो ।  शिक्षक,आवास,कक्षकोठा,अस्पताल देखि चेरे चौर सम्मको बाटो व्यवस्थापन,आधारभुत साइन्स भवन निर्माणका लागि सम्झौता भई काम शुरु भइसकेको प्रतिष्ठानले जनाएको छ । सो प्रतिष्ठानमा अहिले स्नातकोत्तर तहको कार्यक्रमको कोटामा पाँच जना भर्ना भएर अध्ययन गरिरहेका छन । प्रतिष्ठानको भर्खरै सम्पन्न सभा बैठकले प्रतिष्ठानको बजेट अनुमोदनका साथै रिक्त रहेका सभासदस्य,प्राज्ञिक परिषदको सदस्यहरुको नियुक्ती गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानलाई  अक्सिजन प्लान्ट र एचडियू थप्न अर्थ मन्त्रालयको सहमति

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई  अक्सिजन प्लान्ट र एचडियु थप्न अर्थ मन्त्रालयले सहमति दिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक थप स्रोत साधान मजबुद बनाउनका लागि प्रतिष्ठानका उपकुलपति डा। मंगल रावलको सक्रियता  तथा पहलमा अर्थ मन्त्रालयले सहमति दिएको हो।

थप अक्जिन प्लान्ट जडानका लागि दुई करोड र २५ शैय्या एचडियूका लागि ३ करोड १२ लाख ७० हजार बजेटको सहमति दिएको प्रतिष्ठानका प्रवक्ता डा। रमेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो ,ू अर्थ मन्त्रालयले बजेटको सहमति दिएको छ । अव छिट्टै व्यवस्थापन हुने र प्रतिष्ठान थप स्रोत साधनमा मजबुद हुने छ ।

प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु, २४ बेडको एचडियू, तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको छ। कर्णालीलाईबकोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न सधैं प्रतिष्ठान लागि परेको  प्रतिष्ठानका प्रवक्ता डा। भट्टराईले बताउनुभयो । कोरोना भाइरस संक्रमणबाट जोगिन कर्णालीबासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ । अस्पतालमा  जडान गरिएको अक्सिजन प्लान्टले पाइप लाइनमार्फत नियमति रुपमा बेडमा सप्लाई भइरहेको छ ।

प्रवक्ता डा। भट्टराईले  भन्नुभयो ,ूहाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको छ ।  विरामीको चाप बढ्दो क्रममा छ । प्रदेश सरकारसँग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया शुरु भइसकेको छ । केन्द्र सरकारसँगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको प्रतिष्ठानले जनाएको छ । 


Top