जुम्लाका किसानलाई जौ भित्र्याउन चटारो

विजय रावत   POSTED ON : जेठ १०, २०७८ (११:५१ AM)

जुम्लाका किसानलाई जौ भित्र्याउन चटारो

जुम्ला । जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो परेको छ । झण्डै एक महिना यताको निषेधाज्ञाले यहाँका सर्वसाधारण स्थानीयवासि घरभित्रै सीमित भएका छन् । दोस्रो लहरको कोरोनाभाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइएको छ । तर, जिल्लाको ग्रामिण र सदरमुकाम खलङ्गा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।

सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको उच्च जोखिमका बीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासि दल नेपालीले बताउनुभयो । निषेधाज्ञाले पुरै ठप्प भएपनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यवस्था देखिन्छ । किसानहरू चर्को घामको परवाह नगरी जौ बाली भित्र्याउन व्यस्त भएको यहाँका किसान बताउँछन् ।

गत कात्तिक÷मंसिर महिनाको हिउदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने यहाँका किसानलाई चटारो परेको तिला गाउँपालिका – १ का स्थानीयवासि नर रावतले बताउनुभयो । जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ,गहुँ, आलु, तरकारी लगायतको खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।  खेतमा जौ काटीसकेपछि यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्था हुने गरेको यहाँका स्थानीयवासि बताउँछन् । 


Top