स्थानीय तहमा निर्माण भएका आइसोलेसन प्रयोगविहिन

विजय रावत   POSTED ON : जेठ ११, २०७८ (१२:५७ PM)

स्थानीय तहमा निर्माण भएका आइसोलेसन प्रयोगविहिन

जुम्ला । जुम्लाका स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बस्न नमानेपछि प्रयोगविहिन अवस्थामा छन् ।   कोभिड संक्रमिति होमआइसोलेसनका नाममा घरमै बस्न थालेपछि स्थानीयतहमा बनेका आइसोलेसन प्रयोगबिहिन बनेका छन् । 

आइसोलेसन खाली छन् । संक्रमित घरमा छन् । न त संक्रमित सुरक्षित छन् न त आइसोलेसनको प्रयोग भएको छ  स्थानीयवासि जीवनबहादुर खत्रीले भन्नुभयो, “तत्काल संक्रमित सबै आइसोलेसनमा लैजाने वातावरण सिर्जना हुनुपर्छ । नत्र यहाँका गाउँबस्ती कोरोनाका बस्तीमा  हुने छ ।  स्थानीय सरकार कोरोना संक्रमितको व्यवस्थापन गर्न पन्छिए छ । कोरोना संक्रमणका कारण दिनप्रतिदिन ज्यान गुमाउनको संख्या बढिरहेको छ । तर जुम्लाका संक्रमित घरपरिवार सँगै बसिरहेका छन् । गाउँमा घुमफिर गरिररहेका छन, यो चरम लापरबाही हो । संक्रमितलाई घरमा नबस्न र घरपरिवारलाई संक्रमित घरमा नबसाल्न सचेत गर्नु पर्ने अहिलेको अपरिहार्यता रहेको बताउनुभयो । 

 यहाँको गुठिचौर र पातारासी गाउँपालिकामा ५०÷५० बेडका आइसोलेसन सेन्टर छन् । त्यहाँ संक्रमितलाई आवश्यक पर्ने सबै व्यवस्थापन गरिएको छ । तर संक्रमित घरघरमामा  छन् । आइसोलेसन प्रयोगविहिन अवस्थामा रहेका छन् । गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी अक्सिजन सहितको कोभिड अस्पताल र स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको आइसोलेसन बेड तयार भइसकेको बताउनुभयो ।   तर संक्रमित नै आइसोलेसनमा बस्न नमानेको उनको गुनासो छ । हामीले कोरोना संक्रमितलाई केन्द्रमा राखेर आइसोलेसन तयार गरिराखेका छौँ । अध्यक्ष भण्डारीले भन्नुभयो,“ संक्रमित आइसोलेसनमा बस्न मान्दैनन् । सबै होमआइसोलेसनमै बसेका छन् । होम आइसोलेसनबाट संक्रमण फैलने खतरा बढेकोले अब देखिने संक्रमित सबै आइसोलेसनमा ल्याउने तयारी अवस्थामा लागी परेको अध्यक्ष भण्डारीले बताउनुभयो । ” 

 कोरोना पोजेटिभ रिपोर्ट नआउँदै लक्षण देखिएको खण्डमा सिधै आइसोलेसनमा आउनको लागि आग्रह गरेका छौ । संक्रमित आइसोलेसनमा बसिदिनु प¥यो । संक्रमितको उपचार, निगरानी गर्ने कार्य स्थानीय सरकारले गर्छ । गाउँमा बसेर जोखिम न फैलाइदिनको लागि सुझाव दिइरहेका छौ । सो गाउँपालिकाम हाल सम्म १७ जना संक्रमित भएकोमा सबै होम आइसोलेसनमा बसेको गाउँपालिकाले जनाएको छ । 

जिल्लाको पातारासी गाउँपालिकामा पनि ५० बेडको आइसोलेसन तयारी अवस्थामा राखेको छ ।  आइसोलेसनमा चाहिने आवश्यक सामाग्री,जनशक्ति परिचालन गरिएको छ । तर संक्रमित आइसोलेसनमा आउन मान्दैनन् । बिडम्वना आइसोलेसनको प्रयोग हुन सकिरहेको छैन् ।  सो गाउँपालिकाले समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन सँगै निर्माण गरेको गाउँपालिको अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ एकान्त भएकोले संक्रमित र संक्रमितको उपचार सहज हुने गरी एउटै भवनमा ५ बेडको कोभिड अस्पताल र आइसोलेसन बनाएको छ ।  तर संक्रमित आइसोलेसनमा आउन मानिरहेका छैनन् । एन्टीजेन र पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन अटेर गर्छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार बनेको आइसोलेसन र कोभिड अस्पतालमा संक्रमित नभएको बताउँछन् ।

 हाल सम्म गाउँपालिकाभरि ३६ जना संक्रमित छन् । कोही पनि आइसोलेसनमा बसेका छैनन् । सबै होमआइसोलेसनका नाममा घरमै बस्ने गरेको अध्यक्ष बोहोराले बताउनुभयो । ” संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन मान्दैनन् । अब अस्पतालको रिर्पोटअनुसार संक्रमित देखिएका सबैलाई आइसोलेसनमा सम्झाइबुझाई गरेर भएपनि राख्छौँ । लक्षण देखिएका बिरामीको कोभिड अस्पतालमा उपचार गराउँछौँ । अब गाउँपालिकाभरि मेडिकल मार्च संचालन गर्ने तयारी भइरहेको अध्यक्ष बोहोरोले बताउनुभयो । 

आइसोलेसन र कोभिड अस्पताल अनुगमनका क्रममा गुठिचौर र पातारासी गाउँपालिकामा पुगेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बनेका आइसोलेसन प्रयोगमा आउन नसकेको बताउँछन ।  गुठिचौर गाउँपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन सहितको व्यवस्था गरिएको छ । पातारासीमा कोभिड अस्पताल संचालनमा छ । तर अहिले सम्म संक्रमित भर्ना नभएको र अक्सिजन लगाउनु नपरेको स्थानीयतहले जनाएका छन् ।

 अक्सिजन सहितको कोभिड अस्पताल संचालनमा छन् । बिरामी भर्ना गरेर उपचार गर्नु परेको पाइएन ।  गाउँगाउँमा कोभिड विरुद्धको सचेतना फैलाएर संक्रमितलाई आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्ने कार्य गर्न आग्रह गरिएको  गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“ १० बेडको कोभिड अस्पताल संचालनमा ल्याएकोछ । ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ । २५ वटा सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । ” 

अनुगमन टोलीले संक्रमित घरमा बस्ने र आइसोलेसन खाली हुने अवस्था आउन नदिनको लागि स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्नेमा जोड दिएको थियो । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दोस्रो चरणको कोरोना घातक भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरे । कोरोना संक्रमण दर बढिरहेको छ । दैनिक दिन मृतकको संख्या बढिरहेको छ । स्थानीय सरकार चनाखो बन्दै साधन स्रोतको व्यापक परिचालन र प्रयोग गरेर संक्रमण फैलन नदिनका लागि सावधानी अपनाऔँ । स्थानीयतहमा भइरहेको तयारी सन्तोषजनक रहेको मन्त्री भण्डारीले बताउनुभयो ।  


Top