संसद विघटनप्रति सुर्खेतस्थित पाँच राजनैतिक दलको आपत्ति

खगेन्द्र अधिकारी   POSTED ON : जेठ ११, २०७८ (३:३७ PM)

संसद विघटनप्रति सुर्खेतस्थित पाँच राजनैतिक दलको आपत्ति

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको प्रति सुर्खेतस्थित पाँच राजनैतिक दलहरुले आपत्ति जनाएका छन । नेपाली कांग्रेस सभापति कमलराज रेग्मी, माओवादी केन्द्रका संयोजक कृष्णबहादुर जिसी, नेकपा एमाले सचिव मोहनसिंह बडुवाल, जसपा अध्यक्ष फत्तेबहादुर सोती मगर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोविन्द सुवेदीले संयुक्त वक्तव्य जारी गर्दै संसद विघटनप्रति आपत्ति जनाएका हुन् ।

जनताको कठोर आन्दोलन, बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानमाथि आघात पु¥याएको भन्दै रातारात संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर निन्दा र भत्र्सना गर्दछौ बिज्ञप्तिमा भनिएको छ ।

यस्तै नेपालको संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षर सहित तोकिएको अवधिमै राष्ट्रपति समक्ष दावी प्रस्तुत गरिएको भएपनि राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह नगरेको उनिहरुको ठहर छ ।

राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँगको मिलोमितोमा बदनियतपूर्ण तरिकाले प्रतिनिधिसभाको विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको बिज्ञप्तिमा उल्लेख छ । दलहरुले यस्तो प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक धु्रविकरण र जटिलतार्फ धकेलिएको बताएका छन ।

निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवनलाई झन गम्भीर संकटमा धकेलिदिएको दलहरुको ठहर छ ।

काँग्रेस सभापति रेग्मीले राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध सबै एकताबद्ध भई राजनीति र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न कटिबद्ध रहेको बताउनुभयो ।

 


Top