छोराको जन्मदिनमा वृद्धाश्रममा सहयोग

खगेन्द्र अधिकारी   POSTED ON : जेठ ११, २०७८ (३:४५ PM)

छोराको जन्मदिनमा वृद्धाश्रममा सहयोग

सुर्खेत । अमेरिकामा बस्दै आउनु भएकी समाजसेवी जयन्ती थापाले सुर्खेतको प्रशान्ति वृद्धाश्रमलाई सहयोग गर्नुभएको छ । उहाँले छोरा जेसन चन्दको जन्मदिनको अवसरमा वृद्धाश्रमलाई सहयोग गर्नुभएको हो ।

जन्मदिन तथा अन्य अवसरहरु पारेर विभिन्न अनाथालय, वृद्धाश्रम तथा विपन्नहरुलाई सहयोग गर्दै आउनु भएकी जयन्तीले यस वर्षपनि छोराको जन्मदिनमा वृद्धाश्रममै सहयोग गर्नुभएको हो । उहाँका छोराले आजबाट आठ वर्ष पूरा गरि नवौं वसन्तमा पाइला टेक्नुभएको छ ।

कोरोना माहामारीको यस्तो विपतको समयमा चामल, दाल, नुन तेल, चिनी, केकलगायतका १५ हजार बढिका सामग्रीहरु सहयोग गरेको र यस कार्यले आफू खुसी भएको जयन्ती थापाले बताउनु भयो । उहाँले सहयोग गरेका सामग्रीहरु जयन्तीका बुबा धर्मजंग थापाले वृद्धाश्रममा हस्तान्तरण गर्नुभएको हो ।

जयन्तीले विभिन्न समयमा यस्ता सहयोगहरु गर्दै आइरहनु भएको छ । उहाँले जनजागृत आधारभूत विद्यालयमा ५ जना विद्यार्थीहरुलाई आफ्नै खर्चमा पढाइरहनु भएको छ भने विभिन्न विद्यालयहरुमा अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।


Top